घोराही, १ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पाँच बर्षकालागि फ्रि वाईफाई सेवा प्रदान गरेको छ । महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको हो । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वलीले जानकारी दिए । यो सेवा अन्तगर्त एक दिनमा एउटा मोबाइलमा तीन घण्टासम्म फ्रि वाईफाई सेवा लिन सकिनेछ । वर्डलिंक कम्युनिकेशन घोराहीका प्रमुख आकाश सापकोटा र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनबीच फ्रि वाईफाईको विषयमा सहमति भएको हो । यस अगाडी पनि वर्डलिंकले पत्रकार महासंघलाई दुईवर्ष बढि फ्रि वाईफाई सेवा उपलव्ध गराएको थियो । यसैबीच महासंघमा फ्रि वाईफाईको व्यवस्था गर्नका लागि भूमिका खेल्ने वर्डलिंक घोराहीका प्रमुख आकाश सापकोटा र वर्डलिंक परिवारप्रति पत्रकार महासंघले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
२४ मंसिर २०७६, मंगलवार २२:३५
संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत
-
२ आश्विन २०७६, बिहीबार १५:४९
साइप्रसमा ल्याए नेपालीहरुले सेफ हाउस, दशैको असवरमा साइप्रसमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने
-
१५ फाल्गुन २०८०, मंगलवार ०५:५५
पद्मोदय पब्लिक नमूना माविमा परिकार मेला
-
२८ श्रावण २०७९, शनिबार १२:१७
लावा डग्गरः थारु साहित्यके ढुरि खुँटा
-
१० भाद्र २०७९, शुक्रबार २१:२३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा आइतबार सार्वजनिक विदा
-
३० जेष्ठ २०७७, शुक्रबार ०९:४४
आस्था, विश्वास र अन्धविश्वास