नयाँ झोला, कापी र कलम पाएपछि सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको मुहारमा खुसी छाएको छ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन समस्या भोग्दै आएका १८ जना विद्यार्थीले छात्रवृत्तिसहित शैक्षिक सामग्री पाएपछि अध्ययनप्रति थप उत्साहित भएका छन् । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले अध्ययनमा सहज हुने भन्दै खुसी व्यक्त गरेका […]

दाङको लमही नगरपालिका–२ का व्यावसायिक तरकारी खेतीमा संलग्न २५ जना किसान उत्कृष्ट घोषित भएका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङले सञ्चालन गरेको कृषि उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत वडाभित्र तरकारी उत्पादन गर्दै आएका ३०० किसानमध्येबाट उनीहरूलाई उत्कृष्ट किसानका रूपमा छनोट गरिएको हो । लमही नगरपालिका–२ केरुनियास्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी […]

“अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दुई दशकदेखि ऐलानी जग्गामा बस्दै आएका उहाँले शनिबार आफू बसोबास गर्दै आएको जग्गाकै लालपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा जग्गा पाउँछु जस्तो लागेको थिएन । आज जग्गाधनी लालपुर्जा पाउँदा सपना […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका […]

परिचय : नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन […]

 घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र बर्खायामको पानी सङ्कलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले ४३ वटा कृत्रिम जलाशय निर्माण गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जलाशयबाट विस्तार गरिएको सिँचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन महत्वपूर्ण योगदान पुगेको […]

दाङ, जेठ १४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित ऐतिहासिक थारु राजा दंगीशरण दरबारको संरक्षण, जीर्णोद्धार तथा निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत रु ८ करोड ५८ लाख ३९ हजार १८० बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि सुरु हुने उक्त योजना तीन वर्षसम्म सञ्चालन हुने […]

दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]

घर त थियो, तर नामको मात्रै। सिठाले बेरिएको फुसको छाना, पानी पर्दा चुहिने, हावाहुरी आउँदा छानो उड्ने डर। हिउँदमा चिसोले सुत्न नसकिने, बर्खायाममा त रात काट्न झनै कठिन। खाट सार्दै, भाँडो थाप्दै रात बिताउनु इलावती चौधरीका लागि दैनिकी जस्तै थियो। यही असुरक्षित घरमा जीवन बिताइरहनुभएकी गढवा गाउँपालिका–२, महादेवाकी इलावती बुधबारदेखि […]

भर्खरै प्रकासित