थारु पत्रकार दाङको जिल्ला अधिवेशन साउन ३२ गते हुने

थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशन साउन ३२ गते हुने भएको छ । थारु पत्रकार संघ दाङ शाखाको बुधबार तुलसीपुरमा बसेको बैठकले थारु पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार आगामी भदौ दोस्रो सातासम्म जिल्लाको अधिवेशन गर्नुपर्ने भएकाले दाङ शाखाको चौथो जिल्ला अधिवेशन यही साउन ३२ गते शनिबारका दिन गर्ने निर्णय भएको हो । बैठकले अबको एक साताभित्र दाङ जिल्लामा रहेका मिडियाहरुमा आवद्ध थारु पत्रकारहरुको तथ्यांक संकलन गरेर नवीकरण गर्ने निर्णय भएको छ । थारु पत्रकार संघ दाङ शाखाकी कार्यबाहक अध्यक्ष अञ्जना चौधरीको अध्यक्षता एवं थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का संयोजक सन्तोष दहितको प्रमुख आतिथ्यतामा बसेको बैठकमा थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाको निर्णयानुसार नविकरण शुल्क तोक्ने गरी सदस्यता नविकरण शुल्क निर्धारण गर्ने निर्णय गरेको छ ।

थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनलाई सफल पार्नका लागि विभिन्न समितिहरु गठन गरेको छ । आर्थिक संकलनमा अञ्जना चौधरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा जयन्ती चौधरी, निता चौधरी, दिप्तिशिखा चौधरी, नविन चौधरी, श्रीराम दहित, उदिराम चौधरी रहेका छन् । त्यसैगरी सदस्यता नविकरण समितिमा लालु चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा सवि थारु, डिला चौधरी, सरीता चौधरी, सविता चौधरी रहेका छन् । त्यस्तै महिला विभाग समितिमा निता चौधरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । जसमा विष्णु कुसुम, जयन्ीत चौधरी, सरीता चौधरी (सरु), दिप्तिशिखा चौधरी रहेका छन् । त्यसैगरी गरी प्रचारप्रसार समितिमा जयन्ती चौधरीको संयोजकत्वमा शिवहरी चौधरी र तिर्थराज चौधरी रहेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित