एमालेबाट तुलसीपुरको मेयरमा खड्का र उपमेयरमा चौधरीको मनोनयन दर्ता

नेकपा एमालेबाट तुलसीपुरको मेयर टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले मनोनयन दर्तागराएका छन् ।

पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर मेयरमा खड्का र उपमेयरमा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । खड्का नेपका एमाले दाङका निवर्तमान अध्यक्ष हुन भने चौधरी अधिकारकर्मी हुन् । उनि अहिलेसम्म तुलसीपुरमा ‘दिदी घर’ संस्था चलाउँदै आएकी थिइन् ।

मनोनयन दर्ता पछि पत्रकारहरुको छोटो कुरा गर्दै मेयर उम्मेदवार खडकाले तुलसीपुर उमहानगरलाई समृद्ध बनाउने मुख्य योजना रहेको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा सुधार गर्दै तुलसीपुरलाई पर्यावरणीय हिसाबले सुन्दर सहर निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

मलाई तुलसीपुरका जनताले मेयरमा उठ्नुपर्छ भनेर पठाएकोले आफु जनताको साथ सहयोगले मेयरमा जित्ने ढुक्क रहेको उनले बताए ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित