४ करोडमा ११ कृत्रिम जलाशय निर्माण

घोराही, १ असोज । घोराही उपमहानगरपालिकाको नगर क्षेत्रभित्र विभिन्न वडामा ४ करोड बढि लगानीमा ११ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ ।


पानीको स्रोत बढाउन र कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले घोराही नगर क्षेत्रभित्र विभिन्न ठाउँमा कृत्रिम जलाशय निर्माण गरिएको घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराहीमा जनघनत्व चाप बढ््ने संगै पानीको मुहानहरु सुक्दै जान थालेपछि पानीको अभाव हुन नदिनको लागि आफूहरुले यस्तो अभियान चलाएको बताए । ‘स्थानीय तहको निर्वाचन पछि मात्र घोराही उपमहानगर क्षेत्रभित्र ८ वडा वडामा अहिले ११ वटा कृत्रिम जलाशय निर्माण भइसेकाछन्, अन्य ठाउँमा निर्माणका लागि प्रक्रिया भइरहेको नगरप्रमुख चौधरीले बताए । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १ र २ को विचमा पर्ने एउटा, वडा नं. २ मा १, वडा नं. ६ मा १, वडा नं. १० मा १, वडा नं. १२ मा १ वडा नं. १६ मा १, वडा नं.१७ मा ३ र वडा नं. १८ मा २ ताल गरि ११ तालमा ४ करोड २५ लाख ३२ हजार ४ ७३ लागतमा ११ कृत्रिम जलाशय ताल निर्माण गरिएको हो ।


घोराही उपमहानगरपालिकाका सूचना अधिकृत भिमबहादुर चौधरीका अनुसार घोराही २, बलामपुरमा कोल्काहा ताल ४१ लाख ९० हजार ४ सय ५६, घोराही १ र २ को विचमा पर्ने चेपे ताल ९९ लाख, ९८ हजार ९ सय २२, घोराही ६ लखुवार ताल २८ लाख २८ हजार ६ सय ४३ रुपैयामा निर्माण गरिएको छ । त्यसैगरि घोराही १० ठाँटीगाउँ तालमा ३५ लाख ४२ हजार ८ सय २, घोराही १२ जंगखोली ताल ५४ लाख १७ हजार ३ सय ३४३, घोराही १६ गंगटे ताल ४२ लाख ४१ हजार ३ सय ८, घोराही १७ गुलरिया ताल ४३ लाख ६८ हजार ४ सय २१ लगतमा निर्माण गरिएको छ । यसैगरि घोराही १७ ढिकपुर तालमा ४७ लाख ३६ हजार ८ सय ४२, घोराही १७ आरोग्य ताल ५ लाख २६ हजार ३ सय १५, घोराही १८ गिठेपानी ताल २१ लख ४ सय ५१ र घोराही १८ अम्वापुर ताल ५ लाख ८० हजार ९ सय ६५ लागतमा जलाशय कृत्रिकम ताल निर्माण गरिएको सूचना अधिकृत चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित