यस वर्षको अट्वारी तिथि भदौ १५


घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। थारु कल्याणकारिणी सभा दाङ, महतावा महासंघ, थारु पत्रकार संघ, लौव अग्रासन साप्ताहिक, ख्याल बगाल, हर्चालि समुह लगायत थारु संघसस्थाका अगुवाहरुले सोमबार संयुक्तमा एक विज्ञप्ती जारीगरि यस्तो अनुरोध गरेकाहुन ।
‘विगतमा पुर्व मेची देखि पश्चिम महाकालीसम्म छरिएर रहेका थारु समुदायमा यो पर्व मनाउदा एक रुपता नदेखिएपनि पौराणिक मान्यता अनुसार हरेका वर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार नै ‘अट्वारी’ मनाउने गरिन्छ, भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।’ तसर्थ यो वर्षमा कोहि पनि दुविधा नपरि भदौ १५ गते नै सम्पुर्ण थारु समुदायलाई अट्वारी मनाउनका लागि उनिहरुले अनुरोध गरेकाहुन ।


‘नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातिय, बहुधार्मिक र भौगलिक विविधता बोकेको देश हो । नेपालमा बसोबास गर्ने हरेक समुदायले आ–आफ्नो संस्कृति रितिरिवाज चाल चलन अनुसार चाडपर्व मनाउने गर्दछन् । यो नै देशको ठूलो सम्पत्ति हो । यहि सम्पत्ति मध्येको एक पर्व अट्वारी हो ।’ विज्ञप्तीमा भनिएको छ,–‘अट्वारी पर्व नेपालमा बस्ने विशेषगरि थारु समुदायले मनाउने गर्दछन् । खासगरि थारु समुदायले दाजुभाई, दिदीवहिनी र छरछिमेकीहरुको विचमा माया, ममता सदभाव, भातृत्व र बलियो एकताको प्रतिकको रुपमा हरेको वर्ष अट्वारी मनाउने गर्दछन् ।
यसैगरि प्रदेश सरकारले थारु समुदायको महान पर्व अट्वारीमा सार्वजनिक विदा दिने निर्णय गरिसकेकोले यो वर्षको अट्वारी भदौ १५ गते परेकोले उक्त दिन सार्वजनिक विदा मिलाइदिनका लागि थारु संघसस्थाका अगुवाहरुले प्रदेश सरकारसंग अनुरोध गरेकाछन ।


यसरी विज्ञप्ती जारी गर्नेहरुमा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघ प्रदेश नं. ५ का संयोजक सन्तोष दहित, महटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवि चौधरी, थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरी, ख्याल बगालका अध्यक्ष सवि थारु र हर्चाली समुहका सचिव अशोक चौधरी लगायत रहेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित