दाङ । मञ्जरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सीता कुमारी चौधरी चयन हुनुभएको छ ।

गढवा गाउँपालिका–५ बाँकीमा सम्पन्न भएको संस्थाको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट उहाँ सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो ।अधिवेशनले संस्थाको उपाध्यक्षमा प्रेमदया चौधरी, सचिवमा शान्ति चौधरी तथा सदस्यमा जानकी चौधरी, नतदेवी चौधरी, माया चौधरी र सुनिता चौधरीलाई चयन गरेको छ ।

त्यसैगरी, अधिवेशनले सीता कुमारी चौधरीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा जुगमाया चौधरी र रामकली चौधरी चयन हुनुभएको छ । सहकारीमा भूमिहीन तथा सुकुम्बासी परिवारका सदस्यहरू आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।


