‘गुर्वावा’ को नाममा लिए, थारु पत्रकारहरुले सपथ


घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो ।


सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि संस्थाको विधान र नेपालको प्रचलित ऐन, कानुन नियम परिधि भित्र रहेर संस्थाको उद्देश्यलाई सर्वाेपारी थानेर संस्थाको हितमा सदैव काम गर्ने छु भनि गुर्वावाको नाममा सपथ लिएका थिए । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले सपथ ग्रहण गराएकाथिए ।


यसैविच सपथ ग्रहण कार्यक्रमा बोल्ने बक्ताहरुले सस्था र पत्रकारिताको आचारंहिता भित्र रहि थारु समुदायको उत्थानका लागि थारु पत्रकारहरुले सशक्त रुपमा कलम चलाउन सुझाव दिएकाथिए । निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव तथा थारु पत्रकार संघका नेपालका केन्द्रीय सदसय सन्तोष दहित, साहित्यिकार तथा लावा डगर त्रैमासिक पत्रिकाका प्रधान सम्पादक छविलाल कोपिला लगायतले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेकाथिए भने कार्यक्रमको सहजकिरण निर्वाचन टिमका सदस्य लक्ष्मिान चौधरीले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित