आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्नेमा जोड


घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना गरि मुक्त कमलरीहरुलाई आत्मनिर्भर बनाउनमा यो तालिमले महत्वपूर्ण सहयोग गर्ने बताएकाथिए ।


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरि आफ्नो जिविकोपार्जनमा लाग्न आग्रह गरे । आर्थिक सामाजिक रुपान्तरणको लागि यो तालिम महत्पुर्ण भएको बताउदै एमसीले सानो लगानीबाट सुरुवाट गर्दै ठुलो आम्दानी गर्न सक्ने व्यवासाय भएकोले निर्धक भएर काम गर्न मुक्त कम्लरीहरुलाई उनले हौसला प्रदान गरेकाथिए ।


कार्यक्रममा नायफ नेपालका परियोजना अधिकृत एवं मुक्त कमलरी विकास मंचका कानुनी सल्लाहकार अधिवक्ता फकला थारुले मुक्त कमलरीहरुलाई आत्मनिर्भर बनाउनका लागि र आर्थिक सशक्तिकरण गर्नका निमत्त विगत ५ वर्षदेखि मुक्त कमलरीबहिनिहरुलाई यो तालिमम दिदै आएको जानकारी गराएकाथिए । उनका अनुसार हालसम्म ११ सय जना मुक्त कमलरीहरुले चिया नास्ता तालिम लिएर विभिन्न जिल्लामा व्यवसायी सुरु गरिसकेकाछन् ।

कार्यक्रममा मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव सन्तोष दहित, प्रशिक्षक श्यामलाल खनाल, पुर्व कम्लरी पार्वति थारु,प्रशिक्षार्थीको तर्फबाट सुशिला चौधरी र कमला चौधरी लगायतले बोलेकाथिए भने कार्यक्रमको सहजीकरण मंचकी सहकारी अधिकृत शिवा चौधरीले गरेकिथिइन । तालिममा सहभागि भएका प्रत्येक प्रशिक्षार्थिहरुलाई विउँपुजि स्वरुप २५ हजार बराबरको चिया नास्ता बनाउने सामाग्री हस्ताणतरण गरिएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित