नेपाल निजामती कर्मचारी संगठन दाङको अध्यक्षमा केसी

निर्वाचित अध्यक्ष शेरबहादुर केसी

घोराही, ११ पुस । नेपाल निजामती कर्मचारी संगठन दाङको अध्यक्षमा शेरबहादुर केसी चयन भएकाछन् । शनिवार बेलुका अवेरसम्म सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनले केसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरि संगठनको महिला उपाध्यक्षमा पवित्रा केसी, उपाध्यक्षमा शिवराज न्यौपाने, सचिवमा बाबुराम न्यौपाने, सहसचिवमा मोहनसिंह सुनार र कोषाध्यक्षमा गोपाल केसी चयन भएको नव निर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।

त्यसैगरी संगठनको महिला सदस्यमा मनिषा चौधरी, प्रंशसा गिरी, सुशीला शाही, विष्णुमाया बहकरी, सरु भुषाल चयन भएकाछन । यसैगरि जनजाति सदस्यमा अनन्त चौधरी र खुला सदस्यमा बलबहादुर खड्का, हस्तबहादुर पुन, भुपेन्द्र थापा, सुवाश भट्टराइ, हेमराज दशौदी, नविन डिसी, प्रविणचन्द्र बस्नेत रहेकाछन् । दलित र मधेशी सदस्यमा पछि मनोनय गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरि अधिवेशनले लक्ष्मी अधिकारी, इश्वर रावत, नारायणप्रसाद घर्ती र विनोद अधिकारीलाई केन्द्रीय प्रतिनीधिमा चयन गरेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित