नव नियुक्त सहयाक क्याम्पस प्रमुख चौधरीले गरे पदभारग्रहण

घोराही, १९ चैत । महेन्द्र बहुमुखी क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुखमा नव नियुक्त भएका उपप्रध्यापक कुलवीर चौधरीले पदभार ग्रहण गरेकाछन् । मंगलबार क्याम्पस प्रशासनको वधाइ तथा स्वागत कार्यक्रमपछि चौधरीले पदभार ग्रहण गरेका हुन् । सहायक क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै चौधरीले क्याम्पसको वृहत्तर विकासको लागि आफु कटिवद्ध भएर लाग्ने बताएकाथिए । क्याम्पसको शैक्षिक सुधार, भौतिक संरचना सहित समग्रको विकासको लागि सवैपक्षसंग सहकार्य र सम्वन्य गरेर अगाडि बढ्ने समेत चौधरीले प्रतिवद्धता गरेकाथिए

नव नियुक्त चौधरीलाई क्याम्पस प्रमुख दिवाकर पोख्रेल, सहयाक क्याम्पस प्रमुख निश्चल हमाल, क्याम्पसका प्रध्यापक, उपप्रध्यापकहरुले स्वागत तथा सम्मान गरेकाथिए । नव नियुक्त चौधरीलाई स्वागत गर्दै क्याम्पस प्रमुख दिवाकर पोख्रेलले नवनियुक्त सहयाक क्याम्पस प्रमुखको नियुक्तले क्याम्पसमा उर्जा थएिको बताएकाथिए । शैक्षिक क्षेत्रमा लामो सयमसम्म अनुभव बटुलेको बहुप्रतिभाशाली, युवा र उर्जाशिल व्यक्ति सहयाक क्याम्पस प्रमुख पाएको छ, यसमा क्याम्पस परिवार खुशी छ पोख्रले भने–‘उहाँको प्रवेशसंगै क्याम्पसको शैक्षिक विकासमा थप सहयोग पुग्ने छ ।’

अर्का सहायक क्याम्पस प्रमुख निश्चल हमालको स्वागत मन्तव्यबाट सुरुभएकोे बधाइ तथा शुभकामना कार्यक्रममा त्रिभुवन विश्व विद्यालय प्रध्यापक संघका केन्द्रीय सदस्यद्धय सुन्दर गौतम, प्रकाश श्रेष्ठ, प्रगतिशिल प्रध्यापक संघ महेन्द्र वहुमुखि क्याम्पस एकाइ समितिका अध्यक्ष नवराज सुवेदी लगायतले बधाइ तथा शुभकमना व्यक्त गरेकाथिए । क्याम्पस प्रमुख दिवाकर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजजिकरण क्यापस प्रशासनका अनन्त पुनले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित