वर्तमान सरकारले भूमिहिनको अधिकार खोस्ने काम गरेको छ : ढकाल

 

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकार भूमिहिन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको बताएका छन् । उनले वर्तमान सरकारले भुमिहिन सुकुम्बासीलाई न्याय दिन नसक्ने समेत वताए । ‘यो सरकारले भूमिहिन सुकुम्बासीलाई न्याय दिन सक्दैन’ नेपाल भूमिहिन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई सनिवार दाङको घोराहीमा सम्बोधन गर्दै स्थायी कमिटि सदस्य ढकालले भने ‘यो सरकारमा जनताप्रति कुनै उत्तरदायित्व छैन ।’

उनले वर्तमान सरकार परमादेशबाट गठन भएको भन्दै यसले जनमुखी काम गर्न नसक्ने दावि समेत गरे । उनले विगतमा एमालेको सरकारले राम्रो काम गरेको समेत चर्चा गरे । ‘एमालेको सरकारले राम्रो र जनमुखी योजना ल्याएर काम थालेको थियो । तर त्यो देख्न नसकेर घेराबन्दी गरेर एमालेको सरकार हटाउने काम भएको हो’ स्थायी कमिटि सदस्य ढकालले भने । उनले भूमिहिन र सुकुम्बासीको जग्गा प्राप्तीको अधिकारमा पार्टी सधै अग्र मोर्चामा रहेर काम गर्ने समेत वताए ।

नेपाल भूमिहिन सुकुम्बासी संगठनका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ सहइन्चार्ज सिता न्यौपाने, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठनका सह इन्चार्ज कमल गौतम, नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खडका र सचिव मनोहर बुढाथोकीले मनतव्य राखेका थिए । संगठनका उपाध्यक्ष लिला विकको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण संगठनका महासचिव इन्द्र तामाङले गरेका थिए । बैठकमा प्रदेशस्तरको रिपोटिङ लगायत अन्य विषयमा छलफल भएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित