नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बालकोटस्थित निवासमा आइसोलेसनमा रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

नेकपा माओवादी पार्टी परित्याग गरी २७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् । घोराही १६ सर्रा स्थित फूलवारी वस्तिका २७ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार कालुराम विकको नेतृत्वमा २७ जनाले एमालेमा प्रवेश गरेका हुन । […]

भर्खरै प्रकासित