घोराहीमा २७ जना माओवादी परित्याग गरी एमालेमा प्रवेश

नेकपा माओवादी पार्टी परित्याग गरी २७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् । घोराही १६ सर्रा स्थित फूलवारी वस्तिका २७ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार कालुराम विकको नेतृत्वमा २७ जनाले एमालेमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेकपा एमाले दाङका इन्चार्ज एवं पोलिटव्यूरो सदस्य नरुलाल चौधरी र टिका लगाएर एमालेमा प्रवेश गराएकाथिए । पार्टी प्रवेश गराउदै पोलिट व्यूरो सदस्य चौधरीले नेकपा एमालेको देश व्यापी लहर देखेर गठवन्धन सरकारले स्थानीय तहको चूनाव गर्न डराएको बताए । एमालेको सरकार हुदाँ देशमा ल्याएको विकास, समृद्धि र सुशासनले नेपाली जनता एमाले प्रति आकर्षित भएको देखेर गठबन्धन अत्तालिएको उनले बताएकाथिए । घोराही उपमहानगरपालिकाका नगरप्रमुख समेत रहेका चौधरीले घोराहीमा आफु जनप्रतिनीधि भएर आएपछि धेरै विकास भएको बताए । घोराहीको बृत्तर विकासको लागि आफूहरु लागि परेको बताउदै अन्य पालिकाभन्दा घोराही उपमहानगरपालिका हरेक हिसाबले नमुना समेत भएको चौधरीले दावि गरेकाथिए ।

कार्यक्रममा नेकपा एमाले घोराहीका नगर अध्यक्ष भुवन चौधरी, घोराही १६ का वडा सदस्य जगत श्रेष्ठ, नेकपा एमालेका नेता सरस्वती खत्री, बुद्दिराम बुढा, मानसिं बुढा लगायतले बोलेकाथिए । यसैगरि नेकपा एमाले घोराही १६ सर्रा स्थित फूलवारी वस्तिमा सेल कमिटी गठन गरिएको छ । कृष्ण बुढा मगरको संयोजकत्वमा १७ सदस्यिय पार्टी सेल कमिटी गठन गरिएको हो । एमाले १६ नं वडा कमिटीका अध्यक्ष जगलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित