विपन्नलाई आयआर्जनमा जोड्दै मुक्त कम्लरी

घोराही उपमहानगरपालिका–२ का हुमानाथ बिकलाई घरपरिवार पाल्नको लागि भारतमा मजदुरी गर्न जानुपथ्र्यो । साँझविहान छाँक टार्नको लागि हरेक वर्ष भारतमा मजदुरी गर्न पुग्नुहुन्थ्यो । पर्व मनाउन वर्षमा एक दुई पटक घर आउने हुमानाथको दैनिकी हिजोआज फेरिएको छ । मजदुरी गरेर परिवार पाल्ने हुमानाथलाई अहिले तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत जानुपरेको छैन ।

मुक्त कम्लरी विकास मञ्चले हुमानाथकै रोजाइमा तरकारी खेती तालिम दियो । निःशुल्क तरकारीका बिउविजनसँगै विना ब्याजमा २५ हजार पाँच सय रकम पनि दियो । त्यही सीप, बिउ र पैसाले हुमानाथले पाँच कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभयो । अहिले त्यही खेतीबाट दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी भइरहेको छ । तरकारी खेतीबाट आम्दानी हुनथालेपछि हुमानाथलाई दुई वर्षयता परिवार पाल्नकै लागि भारत जानु परेको छैन । घर खर्च कटाएर तीन छोरी र एक छोरालाई पढाएर पनि केही बचत गर्दै आएको उहाँले बताउनुभयो । हुमानाथसँग बन्दा, काउली, खुर्सानीलगायत तरकारी छन् ।

घोराही उपमहानगरपालिका–४ सुनपुरकी सुधनी चौधरीले पनि मुक्त कम्लरी विकास मञ्चबाटै २० हजार रुपैयाँ लिएर चारवटा बंगुर पाल्नुभएको छ । चारवटा बंगुरबाट उहाँले अहिले २० वटा पु¥याइसक्नुभएको छ । वर्षमा आठदेखि १० वटा बंगुर बेच्दै आएको सुधनीले बताउनुभयो । बंगुर पालन शुरु गरेपछि अहिले घरखर्च चलाउन सहज भएको सुधनीको भनाइ छ । बालबच्चा पढाउनेदेखि घर खर्च चलाउन सजिलो भएको छ, सुधनीले भन्नुभयो– ‘घरमा दुःख, विरामी पर्दा अब गाउँमा सरसापटी खोज्न जानुपर्र्दैन, बरु मैले दिन्छु ।’ उहाँ‘ले बंगुर पालनसँ‘गै भेडा पनि व्यावसायिकरुपमा पाल्दै आएको बताउनुभयो ।

त्यस्तै घोराही–२ बालापुरकी की मीना चौधरीले बाख्रा पालेर घर गुजारा गर्नुभएको छ । दुई वटा बाख्राबाट शुरु गर्नुभएकी उहाँका अहिले १२ वटा बाख्रा र खसी छन् । गत वर्ष चार वटा खसी बेचेको र अहिले पनि पाँचवटा हुर्किदै गरेको मीनाको भनाइ छ । हुमानाथ, सुधनी र मीना जस्तै मुक्त कम्लरी विकास मञ्चले दाङका एक सय ६५ विपन्न परिवारलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउँदै आएको छ । मुक्त कम्लरी तथा विपन्न परिवारलाई विभिन्न आर्यआर्जन तथा सीपमूलक कार्यक्रममा जोडेर आर्थिक सशक्तिकरणसँगै स्वालम्बन बनाउँदै आएको हो ।

कुनै बेला जमिन्दारको घरमा दासीको रुपमा जीवन बिताउँ‘दै आएका कम्लरीहरु मुक्त भएपछि आफ्नै संस्था खोलेर मुक्त कम्लरीका परिवारसँगै पछाडि पारिएका समुदाय, दलित तथा विपन्न परिवारलाई विनाब्याज घुम्ति कोषमार्फत सहयोग गर्दै आएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो । स्थानीय तहसँग समन्वय गरेर मुक्त कम्लरी तथा विपन्न परिवारलाई तरकारी खेती, बाख्रा पालन, कुखुरा पालन, बंगुर पालनमा सहयोग पु¥याउँदै आएको अध्यक्ष चौधरीले बताउनुभयो ।

‘वडा–वडामा मुक्त कम्लरी तथा विपन्न परिवारहरुको समुह गठन गरेर विभिन्न सीपमुलक तथा आयआर्जनका तालिमसँ‘गै सदस्यहरुको आर्थिक स्तरलाई बलियो बनाउन बिनाब्याजमा प्रति सदस्य २० हजारदेखि २५ हजारसम्म घुम्ति कोषमार्फत रकम सहयोग गर्छौं’– उहाँले भन्नुभयो– ‘यही पैसाले उहाँहरुले तरकारी खेती, बाख्रा पालन, कुखुरा पालन, सुंगुर पालन व्यवसाय गर्नुहुन्छ, त्यसपछि मुनाफा भएपछि विस्तारै संस्थालाई उक्त रकम फिर्ता गर्नुहुन्छ ।’ फिर्ता भएको रकम संस्थामा जोडिएका तर अवसर नपाएका अरु सदस्यलाई दिने गरेको मञ्चले जनाएको छ ।

नयाँ युगबोधबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित