नागरिकता र जन्मदर्ता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

महिला, कानून र विकास मञ्चको आयोजनामा तथा दंगीशरण गाउँपालिका वडा नं. ३ वडा कार्यालयको समन्वयमा बुधबार दंगीशरण ३ विजलुपुरमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) संबन्धी एक दिवसिय सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिका वडा न. ३ की कार्यवहाक वडा अध्यक्ष रामकली चौधरीको अध्यक्षता तथा सोहि वडाका वडा सदस्य लक्ष्मणदास चौधरीको विशिष्ट आथित्यमा बोल्ने वक्ताहरुले जन्मदर्ता, नागरिकता सामान्य लाग्ने भएपनि यी दुइ चिज मान्छे नभइ नहुने एक महत्वपूर्ण डकुमेन्ट भएको बताएकाथिए । उनिहरुले बच्चा जन्मेको ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने कुरामा जोड दिए ।

बच्चाको जन्मदर्ताले नाबालकको पहिचान खुलाउने देखि विद्यालयमा भर्ना, राज्यबाट पाउने सेवा सुविधा समेत जन्मदर्ताको कागजातको आवश्यक्ता भएकोले सवैले समयमा जन्म दर्ता गराउन आवश्यक रहेको बताए । यस्तै नेपालको जनसंख्याको अध्ययवधिक गर्नमा जन्मदर्ताले महत्पूर्ण भूमिका खेल्ने भएकोले कार्यक्रममा उपस्थित सवैलाई बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता वडा सदस्य लक्ष्मण चौधरीले नागरिकहरुलाई अनुरोध गरे । उनले हाम्रो थारु समुदायमा झन जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता गर्ने चलन नै छैन ।

जसले गर्दा राज्यवाट पाउने सेवा सुविधाबाट बन्चित भइरहेको उनले बताए । जतिबेला आवश्यक पर्छ, त्यतिबेला कागजत बनाउने थारु समुदायमा चलन रहेको बताउदै अब राज्यको हरेक सेवा सुविधा लिनको लागि जन्मदर्ता, नागरिकता समयमा बनाउन थारु समुदाय अग्रसर हुनुपर्ने उनले जोड दिए । कार्यक्रममा सहभागीको तर्फबाट प्रेम चौधरी र पूर्णिमा चौधरीले वडाले गर्न नसकेको काम सस्थाले गरेको बताएका थिए ।

कार्यक्रममा पत्रकार एवं सस्थाका समाजपरिचालक प्रकाश चौधरी, समाजपरिचालक रेमन्ता पुन लगायतले बोलेकाथिए । एक दिवसीय सचेतना कार्यक्रमकमा जन्मदर्ता र नागरिक्ताको विषयमा पत्रकार सन्तोष दहितले सहजिकरण गरेकाथिए भने कार्यक्रम विषयमाथि अधिवक्ता गोमा महराले प्रकाश परेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित