थप एकजनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १०२ पुग्यो

घोराही, २६ वैशाख । शुक्रवार नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् । कुल संक्रमित मध्य ३१ जना निको भएर घर फर्किसकेका छन ।

पछिल्लो कोरोना संक्रमित भटिएका नेपालगञ्जका १६ वर्षीय पुरुष रहेकाछन । उनको नेपालंज स्थित भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित