वरिष्ठ पत्रकार बानियाँ मकवानपुरमा मृत फेला

काठमाण्डौ, २८ साउन । कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत फेला परेका छन्। उनको शब मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएकाे छ । पत्रकार बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए।

मकवानपुरमा भेटिएको शव बानियाँको भएको परिवारले सनाखत गरेकाे काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । सोमबार नै बल्खुमा अन्तिम सम्पर्कमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पु¥याएको हुनसक्ने अनुमान गरिएको छ।

बुधबार बिहान मात्रै उनी तीनदिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो। उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ। बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित