पद्मोदय पब्लिक नमूना माविमा परिकार मेला

पद्मोदय पब्लिक नमूना मावि दाङमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले विद्यालयमा परिकार मेला चलाएका छन् ।

स्थानीय पाठ्यक्रम अन्तरगत परिकार मेलाको आयोजना गरेर विद्यार्थीहरुले विभिन्न परिकार वनाएर विक्रि गरेका हुन् । विद्यार्थीले बनाएको ढिक्रि, मम सहित विभिन्न परिकारहरु जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र कर्मचारीहरुले किनेर खाएका छन् ।नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेय सहितका जनप्रतिनिधीहरुले परिकार मेलामा सहभागी भएका थिए ।

विद्यार्थीहरुले स्थानीय पाठ्यक्रममा पढ्दै आएका घोराहीको बस्तु स्थिती सँगै खाना पकाउने, व्यवसाय सञ्चालन कसरी गर्ने भन्ने जानकारी लिने र दिने गरी परिकार मेला सञ्चालन गरेका विद्यालयका प्रअ लोकबहादुर बस्नेतले बताए ।

सोहि क्रममा नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाको उत्साहलाई जीवनउपयोगी सिप सँग जोड्न सकिने बताए। उनले शिक्षण सिकाईसंगै व्यवहारीक सिप, ज्ञानले नै मानिस सफल हुने कुरामा जोड दिएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित