पद्मोदय पब्लिक नमूना माविमा परिकार मेला

पद्मोदय पब्लिक नमूना मावि दाङमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले विद्यालयमा परिकार मेला चलाएका छन् ।

स्थानीय पाठ्यक्रम अन्तरगत परिकार मेलाको आयोजना गरेर विद्यार्थीहरुले विभिन्न परिकार वनाएर विक्रि गरेका हुन् । विद्यार्थीले बनाएको ढिक्रि, मम सहित विभिन्न परिकारहरु जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र कर्मचारीहरुले किनेर खाएका छन् ।नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेय सहितका जनप्रतिनिधीहरुले परिकार मेलामा सहभागी भएका थिए ।

विद्यार्थीहरुले स्थानीय पाठ्यक्रममा पढ्दै आएका घोराहीको बस्तु स्थिती सँगै खाना पकाउने, व्यवसाय सञ्चालन कसरी गर्ने भन्ने जानकारी लिने र दिने गरी परिकार मेला सञ्चालन गरेका विद्यालयका प्रअ लोकबहादुर बस्नेतले बताए ।

सोहि क्रममा नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाको उत्साहलाई जीवनउपयोगी सिप सँग जोड्न सकिने बताए। उनले शिक्षण सिकाईसंगै व्यवहारीक सिप, ज्ञानले नै मानिस सफल हुने कुरामा जोड दिएकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित