नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी –सचेतक चौधरी

दाङ, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीय दलका सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी भएको बताएकिछिन् । नेकपाद्धरा आयोजित तुलसीपुर १० पढ्ढामा भएको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकीहुन् । लामो समयसम्म सत्ता चलायो तर पनि जनताको पक्षमा केहि पनि गर्न नसकेको बताउदै चौधरीले अहिले नेकपाको सरकारले जनताको पक्षमा काम गरेको देखेर अत्तालिएको छ । उनले जनताका आशालाई निरासामा बदलेको कांग्रेससँग चुनावी मैदानमा कुनै एजेण्डा नभएपछि नेकपाको विरुद्धमा जथाभावि बोलेको टिप्पणी गरिन्। ‘अहिले नेपाली कांग्रेस बेहोसी अवस्थामा छ, के बोल्छ, के बरबराउछ उसैलाई थाहै छैन अनि कसरी नेपाली जनताले विश्वास गर्छन्, चौधरीले भनिन्,-उसको भ्रममा नपर्न आम नागरिकहरुलाई सचेत रहन मैले आग्रह गर्छु।’


एउटा पुल बनाउन त नेपाली काँग्रेसलाई ६ बर्ष लाग्छ भने अनि जिल्लाको सयौं पुल बनाउनलाई उसलाई कति बर्ष लाग्ला चौधरीले भनिन्, नपत्याए कटुवा खोलाको पुल हेर्नुस्, अझ पनि त्यो पुल पुर्णरुपमा बनेको छैन् । ‘तर जब नेकपाको सरकार बन्यो लमहि तुलसीपुर सडक खण्डमा हेर्नुस दर्जनौ पुल निर्माण भई सञ्चालनमा आइसक्यो, केहि संचालनमा आउने तयारीमा छन्,उनले भनिन्, साँच्चिकै नेकपाको सरकारले नेपाली जनताको पक्षमा काम गरेको छ, गाउँगाउँमा कालोपत्रे भइरहेको छ, नयाँ बाटा घाटा निर्माण भइरहेकाछन्, जनताको घर घरमा खानेपानी पुगिरहेको छ, किसानहरुको लागि सिचाई निर्माण भइरहेकाछन् ।’

जनताको दुःख सुखमा साथ दिने पार्टी भनेको नेकपा पार्टी हो, आम जेष्ठ नागरिक, युवा, महिला, श्रमजीवि, सर्वहारा बर्गको पार्टी नेकपासंग ठूलो भिजन छ, एजेण्डा छ, तर नेपाली काँगे्रससंग कुनै एजेण्डा छैन उ भनेको एजेण्डा विहिन पार्टी भएकोले उसको पछि नलाग्न उनले आग्रह गरिन । उनले भनिन्, लामो समयदेखि जमिनमा परिश्रम बगाएको तर जमिनविहिन रहेको सकुमबासी, भुमहिन, कमैया तथा जमिनमा श्रम गर्ने गरिब परिवारलाई नेकपाको सरकारले गुठी विधेयकमार्फत् जग्गा वितरण गर्ने तयारी गर्दैगर्दा कांग्रेसले सदन देखि सदकसम्म आन्दोलन गरेर उनिहरुलाई जमिन दिनबाट तत्कालको लागि बन्चित गराए पनि यो उपनिर्वाचन सम्पन्न लगत्तै केहि महिना भित्र सकुमबासी, भुमहिन, कमैया तथा जमिनमा श्रम गर्ने गरिब परिवारलाई नेकपाको सरकारले जग्गा वितरण गरि छाड्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, -‘अब यो देशको समग्र विकास गर्नका लागि नेकपाको नेतृत्वको सरकार मात्र गर्न सक्ने भएकोले सुखि नेपाली, समृद्धि नेपाल बनाउनका लागि नेकपाको सुर्य ध्वजाबहाक उम्मेदवार विमला वलीलाई विजयी बनाउन सवैमा आग्रह गर्दछु ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित