दाङ ३ (क) मा काँग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ ३ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् ।

लुम्विनी प्रदेश सरकारको ग्रामिण तथा पर्यटन मन्त्री समेत रहेका चौधरी आफ्नो निकटम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई फराकिलो मतले पछाडि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।

चौधरील १९ हजार ८५० मत प्राप्त गरेकाछन भने उनको प्रतिस्पर्धी पाण्डेयले १४ हजार ४५० मत प्राप्त गरेकाथिए । चौधरी र पाण्डेय दुबै लुम्विनी प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए ।

चौधरी यस अघि २०७४ को निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेर सोहि ठाउँबाट निर्वाचित भएकाथिए । यस अघि २०७० मा पनि चौधरी निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिने चौधरी यसपटक मुख्यमन्त्रीको दाबी गर्दै आएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित