दाङ शाखा अध्यक्ष प्रियासनमाथि भएको दुर्ब्यवहारप्रति महासंघको भ्रत्सना, दोषीलाई कारवाहीको माग

घोराही, ३० जेठ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि दुर्ब्यवहार भएको छ । घोराही—१५, न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अध्यक्ष प्रियासनमाथि दुर्ब्यवहार गरेका हुन् । दुर्ब्यवहारको नेपाल पत्रकार महासंघले घोर भ्रत्सना गरेको छ । आज महासंघका सचिव भुपेन्द्र वलीद्धाराजारी विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो दाङको पत्रकारितामाथिको आक्रमण भएको भन्दै भ्रत्सना समेत गरेका छन् ।

जेठ २९ गते घोराही —१४ शहिद लखनपार्क नजिक महासंघ, दाङ शाखाका अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहार भएको हो । स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए ।

अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही—१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुर्ब्यवहार गरेका हुन् । यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका— १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबिच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उहाँ फेरी सो स्थानमा पुगेका थिए ।

सो क्रममा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः निज साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबि खोसेर हातपात समेत गरेका थिए । यति हुँदासम्म पनि संयमता अपनाएका अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्येश्यले हिजो राती निज साजन भण्डारी लगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेका थिए ।

आफनो संस्थागत जिम्मेवारी अनुसार काममा खटिएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भिर आपति प्रकट गर्दै दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन सँग माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

साथै विज्ञप्तिमा चाँडो भन्दा चाँडो दोषिलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ । यसैविच थारू पत्रकार संघका अध्यक्ष सन्ताेष दहितले पनि महासंङ दाङ शाखाका अध्यक्षा सविन प्रियशान माथि भएकाे दुर्व्यहारप्रति घाेरभ्रत्सना गरेकाे छ । उनले घटनामा संलग्न भएका दाेषीलाइ हदैसम्म कार्वाहिकाे माग समेत गरेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित