थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । खानेपानी मन्त्री समेत रहेका चौधरी थारु कोटातर्फ निर्वाचित भएका हुन । आफ्नो प्रतिद्धन्दी तेजुलाल चौधरीलाई ७ सय १३ मतले पछाडी पार्दै उमाकन्त निर्वाचित भएका हुन ।

मत परिणाम अनुसार उमाकान्तले २५४५ मत पाएकाथिए भने तेजुलाल चौधरी १७७२ मत पाएकाथिए । कृष्णप्रसाद सिटौला निकट रहेका उमाकन्त देउव समुहबाट र तेजुलाल भने शेखर कोइराला समुहबाट उम्मेद्वारी दिएकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित