एमाले महासचिव पोख्रेलको वडामा एमालेको प्यानल विजयी

नेकपा एमालेका महासविच शंकर पोख्रेलको वडामा नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । जिल्लामा केन्द्रीय तहका नेताहरु आफ्नै वडामा पराजित भइरहेको बेला एमालेका महासचिव शंकर पोख्रेलको वडामा भने एमालेकाे प्यानल विजयी भएको हो ।

पोख्रेलले आफ्नो वडा मात्र नभइ जिल्लाको दुइ उपमहानगरपालिका पनि बहुमत सहित मेयर र उपमेयरमा विजयी गराउन सफल भएकाछन् । पाँच दलिय गठबन्धनले घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन गरेपछि एमालेसंग पराजित हुन पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को वडा अध्यक्षमा एमालेका प्रेमनाथ योगी विजयी भएका हुन् । उनि आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट उम्मेदावर बनेका केशरबहादुर पुनलाई ३८८ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । योगीले १ हजार ५०५ मत प्राप्त गरेका थिए भने पुनले १ हजार ११७ मत पाएकाथिए । त्यसैगरी स्वतन्त्रबाट खड्क बहादुर वलीले २१८ मत प्राप्त गरेर तेस्रो स्थानमा आएकाथिए ।

यसैगरी महिला सदस्यमा ताराकुमारी वलीले १ हजार ५०९, दलित सदस्यमा रेवती कामीले १ हजार ५०६, खुला सदस्यमा रामबहादुर पौडेल १ हजार ४६५ र पूर्णबहादुर बुढाथोकीले १ हजार ४९५ मत ल्याएर विजयी भएकाछन् ।

तुलसीपुर उपमहनगर पालिका वडा नम्वर १९ नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृह वडा हो । उनि यहि वडाबाट मतदान गरेकाथिए । तर, उनको निर्वाचन क्षेत्र भने २ नम्बर हो । लुम्विनी प्रदेशका संस्थापक मुख्य मन्त्री समेत रहेका पोख्रेल गत प्रदेश सभाको निर्वाचनमा क्षेत्र नं. २ को क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकाथिए ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुरको वडामा एमालेले जित हात परेको छ । दाङ क्षेत्र नं. २ को प्रतिनीधि सभाका सदस्य समेत रहेका महरा घोराही १७ पनौरा स्थित बस्दै आएकाछन् । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता दिपक गिरी र लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्रीको वडामा पनि एमाले विजयी भएको छ ।

यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतको वडामा माओवादीले जित हात पारेको छ । यस अघिको निर्वाचनमा एमालले जित्दै आएकोथियो । त्यसैगरी नेपाली काँग्रका सभापती शंकर डाँगीको वडामा स्वतन्त्र उम्मे्वार विजयी भएकाछन् ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित