छोरी अञ्जु चौधरीले दिइन् बुवालाई दागबत्ती

घोराही, २४ मंसिर । दिवंगत बुवाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ती दिएकी छिन्।  घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ बर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागवत्ती दिएकी हुन्।

संभवत दाङ उपत्यमामा थारु समुदायमा पहिलोपटक दिंवगत बुवालाई छोरीले दागवत्ति दिएको घटना हुन सक्छ । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती दिने परम्परा रहदै आएपनि त्यो परम्परालाई चिर्दै अन्जुले दिंवगत वुवाको पार्थिव शरीरमा दागबत्ति दिएकी हुन ।  

विगत लामो समयदेखि मुटुको विरामी रहेका चौधरीको बुधवार विहान आफनै निवासमा निधन भएकोथियो । दिंवगत चौधरीको ४ छोरी छन् । चार छोरी मध्य तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छारी अन्जुले वुवालाई रेखदेख गर्दै आएकीथिइन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित