काठमाडौंमा युवतीले गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमानले फेला पारेका थिए ।

घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिए ।

गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित