रत्गैयाँको एक्लो जीवन…

नविन चाैधरी
फागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो । यस म्युजिक भिडियोमा टिकटक स्टार तथा मोडल गीता ढुङगाना, किशोर के.सी र जि.एम कुसुम्या चौधरीले अभिनय गरेका छन् । गायक रत्गैयाको स्वर तथा संगितमा रहेको एक्लो जीवनका शब्दकार सन्दिप चौधरी झकास हुन् । रत्गैयाले यस गीतमा आफ्नै ¥याप भरेका छन् । मारुनी स्टुडियोले तयार गरेको यस म्युजिक भिडियो आज रोशन रत्गैयाँ युट्युवबाट सार्वजनिक गरिएको हो ।

भिडियोको एरेन्जरमा केशव बडु रहेका छन् भने मिक्सीङ कुमार राणाले गरेका छन् । यस म्युजिक भिडियोको कथाकार, निर्देशक बिक्रम चौहान हुन् भने, छयांकन विरेन्दै भट्ट र सम्पादन मिलन विश्वकर्माले गरेका छन् । त्यस्तै रत्गैयाँले नेपाली समाज र संक्कृतिलाई लक्षित गरी नेपाली जनजिवनमा सकारात्मक सन्देश दिने अभिप्रायले एक्लो जीवन बोलको म्युजिक भिडिया निर्माण गरिएको बताएका छन् । उनले यस म्युजिक भिडियोबाट सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने जीकिर गरेका छन् ।
दंगिशरण गाउँपालिका वडा नं ४ मौलीमा जन्मिएका रत्गैयाले विगत एक दशक देखि सांगितिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहेका छन् । हालसम्म उनले दुई दर्जन भन्दा बढि थारु गीतमा पनि स्वर दिईसकेका छन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित