दंगीशरणकाे नीति तथा कार्यक्रममाः कृषि, स्वास्थ्य र राेजगारी प्राथमिक्तामा


दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक वर्ष ०७७/०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै चौधरीले यस्तो कुरामा जोड दिएका हुन ।

अध्यक्ष चौधरीले गाउँ सभामा प्रस्तुत गरेको आउँदो आर्थिक बर्ष २०७७/०७८ निती तथा कार्यक्रममा कोभिड १९ को जोखीमको समयमा अशक्त, असहाय एंव आर्थिक रुपले विपन्न गर्भवति महिला, जेष्ठ नागरीक एंव, अपांगता भएका ब्यक्तिहरुका लागि राहतका कार्यक्रम संचालन गरिने बताएका हुन् ।

यस्तै कोभिड १९ संक्रमणको सम्भावित जोखीममा रहेका नागरीकहरुलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा सामग्रीको ब्यवस्था मिलाउँने र एम्बुलेन्स, शव दहान, दमकल जस्ता सेवालाई २४ औँ घण्टा संचालनमा ल्याईने डिप्रेसनमा रहेका ब्यक्ती तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने ब्यक्तिलाई मनोपरामर्श सेवा उपलब्ध गराउने विषयलाई प्राथमिक्तामा राखिएको छ । बार्षिक निती तथा कार्यक्रममा वेरोजगारीपन हटाउँन विदेशबाट फर्किएकाहरुलाई सिप अनुसार पालिका भित्रै रोजगार दिने, स्थानीय तहभित्र रहेका बाँझो जग्गाको तथ्यांक संकलन गरि पूर्ण उपयोगको व्यवस्था मिलाउने भूमि बैँकको अवधारणा कार्यान्वयन गर्न यस कार्यलाई कार्यान्वयन गर्न ऋण सहुलियत तथा अनुदानका ब्यवस्था मिलाउने, बाझोँ जमीन राख्नेलाई कार्वाहीको ब्यवस्था गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

कृषकहरुलाई आत्मनिर्भर बनाउँन कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भताका लागि उधमशिलताको प्रबद्ध्र्रन गर्न मल, विउ, किटनाशक औषधिको उपलब्धता,उत्पादित बस्तुहरुको भण्डारण तथा प्रशोधन, सिचाई सुबिधाको प्रबर्धन, आधुनिकिकरण गर्न कृषि मेशिनरी औजार, कृषि प्राविधीक अभियानको शुरुवात गर्ने, कृषकले खोजेकै समयमा कषि तथा पशु प्राविधीक उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्रको स्थापना गरिने, कृषि उपजहरुको बजारीकरण, दुग्ध उत्पादक सहकारी संस्थासंगको समन्वयमा डेरी उद्योग संचालन गरि दंगीशरण भित्र नै प्रशोधन गर्ने ब्यवस्था, पालिकालाई माछा, माशु, अण्डा निर्यातमा अभिबृद्धि गर्न कार्यक्रम संचालन गरीने, कृषकको साथमा कृषि अभियान संचालन गरिने , कृत्रीम गर्भाधान, उन्नत जातका पशुपालनमा जोड दिनुका साथै पशुपालनका सम्भावित पकेट क्षेत्रको पहिचानगरि कार्यान्वयनमा ल्याईने छ ।

यसैबिच ‘‘पूर्वाधार, समुन्नतिको आधार, विकास जनताको अधिकार’’ भन्ने मान्यतालाई आत्मसाथ गरी विभिन्न क्षेत्रका पूर्वाधार विकासलाई विषेश प्राथमिकता दिइ सडकको निर्माण, स्तरोन्नती, कालोपत्रे, गर्दै लैजाने,सबै बस्तीहरुमा विद्युत विस्तारगरि उज्यालो दंगीशरणलाई सार्थकता दिईने एक वडा एक पोखरी, पूर्वाधार, शुसासन, सम्बर्धनका लागि सोहि अनुशारका कार्यक्रम निती तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरि दंगीशरण गाउँपालिकाको गौरव राजा दंगीशरण संग जोडिएको ऐतिहासीक स्थल दंगीशरणमा निर्माणाधिन दंगीशरण पार्क तथा थारु सांस्कृतिक ग्रामलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने,ऋण सहुलीयत तथा अनुदान लगाएतका ब्यवस्था गर्ने, विधालय पोषण कार्यक्रम, गाउापालिकालाई पूर्ण खोपयूक्त गाउँपालिकाको रुपमा स्थापित गर्ने, सुत्केरी तथा बालकालीका पोषण कार्यक्रम लक्षीत वर्गका लागि विभीन्न कार्यक्रम संचालन गरिने छ ।

यस्तै एक वडा एक पोखरी अभियान संचालन गरि जलाधार संरक्षणको कार्यलाई प्राथमिक्ता दिदै पानीको मुहानलाई सरंक्षण गर्ने, गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिकाको रुपमा विकाश गर्न विशेष कार्यक्रम संचालन गर्ने, मुक्त कमैया तथा कम्लहरीहरुको आर्थीक अवस्था सुधा।रका लागि विभीन्न सिपमूलक तालिम प्रदान गरि मुक्त कम्लहरीहरुको आर्थीक अवस्थामा सुधार ल्याउँने , गाउँपालिकालाई पूर्ण खोपयूक्त गाउापालिकाको रुपमा स्थापित गर्ने, गाउँपालिकालाई पूर्ण सरसफाईयूक्त गाउापालिकाको रुपमा घोषणा गर्ने र दंगीशरण गाउँपालिकाका सबै जसो कार्यलाई डिजिटलको रुप्मा विकास गर्ने गरि कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको शहजीकरण प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित