संकटमा पर्दै थारु संग्राहलय

घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन थालेको स्थानियहरुले बताउछन् ।


संग्राहलयको संरक्षण र यसको विकासको लागि पटक पटक सम्वन्धित निकायलाई जानकारी गराउदा पनि कसैले चासो नदिएको उनिहरुले गुनासो गरे । ‘हामीले पटक पटक स्थानीय सरकार र थारु संघसस्थाका प्रमुख तथा प्रतिनीधिहरुलाई भन्यो तर कसैले सुनेन्, स्थानिय अगुवा तेजमान चौधरी भने,–‘संग्राहलय जुन उद्देश्यले स्थापना गरिएको हो, त्यहि अनुरुप संग्राहलय संचालन गरिनपर्ने आफुहरुको माग हो ।’


यदपी थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले आफुहरुले जिल्लाको एक मात्र थारु संग्राहलयको संरक्षण र यसको विकासकोलागि लागि परेको बताए । ‘यो संग्राहलय थारु समुदायको मात्र नभई सवैको साझा सम्पत्ति हो, त्यसैले यसको संरक्षण गर्ने पहिलो जिम्मेवारी स्थानीय सरकारको हो त्यसपछि हाम्रो उनले भने–‘ तर, स्थानिय सरकारले देखेर पनि नदेखेको र सुनेर पनि नसुनेको जस्तो गरि गैरजिम्मेवारीपन देखाउदै छ ।’


‘हामीले संग्राहलयको वृहत्तर विकासका लागि गुरु योजना सहित स्थानीय सरकार र प्रदेश सरकारमा योजना पनि दियों तर हाम्रो योजना प्राथमिक्तामा परेन्, विडम्वना यहि छ, उनले भने–‘दाङ थारु समुदायको उदगम जिल्ला हो, यहाँ आउने पर्यटकहरु पहिला थारु समुदायको कला, संस्कृतिको बारेमा जान्न चाहन्छन्, त्यहि भएर पनि यसको संरक्षण र प्रवद्र्धन गर्ने पहिला दायित्व स्थानीय सरकारको हो ।’


यता सवैको कला, संस्कृतिको सम्मान गर्दै थारु संग्राहलय घोराही उपमहागनपालिका भित्र परेकाले पनि आफुहरु यस्को संरक्षणमा लाग्ने घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए । यो विषयमा थारु कल्याणकारिणी सभाका पदाधिकारीहरुसंग पनि छलफल भइसकेको छ, छिट्टै यसको अध्ययन गरि समस्याको समाधान गर्छौ, उनले भने । आफुहरुले त्यतिमात्र नभई सवै समुदायको कला, संस्कृतिको पहिचान झल्किनेगरि घोराहीमा बृहत सांस्कृतिक संग्राहलय बनाउने गुरु योजना बनाइरहेको मेयर चौधरीले बताए ।


लाखौ लगानिमा स्थापना भएको घोराही उपमहनागरपालिका वडा नं. १७ पनौरा स्थित थारु संग्राहलयमा पुर्खाका थारु समुदायकाले प्रयोग गर्दै आएको मौलिक कला, संस्कृति झल्किने भेषभुषा, गरगहना, विभिन्न औजार लगायत सामग्रीहरु राखिएकाछन् । शहिद गुम्रा थारुको नाममा २०६६ मा ग्रुमा थारु साँस्कृतिक संग्रालयह स्थापना गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित