एमालेमय बन्दै देउखुरी, माओवादी परित्यागगरि एमालेमा प्रवेश गर्नेको लहर

दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दो छ । दिनप्रतिदिन एमाले प्रतिको आकर्षण बढेको छ । अहिले देउखुरी क्षेत्र नै एमालेमय बनेको छ ।

चुनावको मिति नजिकिदै गर्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टि परित्यागरि एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । राजपुर गाउँपालिका२ बेलामा सोमवार आयोजीा कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्यागगरि चर्चित नेता अम्मर गिरी एमालेमा प्रवेश गरेका छन् । उनि सहित ८० जना एमालेमा प्रवेश गरेकाछन् ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ता चौधरी, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य धुब्र आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, मोहनकुमार पाण्डे, क्षेत्र नम्बर १ का संयोजक सहजराम यादव, राजपुर गाउँपालिका इञ्चार्ज कुलराज गिरी लगायतले नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेकाथिए ।

कार्यक्रम राजपुर गाउँकमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा सम्पन्न भएकोथियो ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित