बसको ठक्करबाट एकको मृत्यु, एक घाइते


घोराही, ११ असोज । दाङको घोराहीमा बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका वडा नं. १४ दामोदर चोक नजिकै यात्रुबहाक बसले ठक्कर दिदा घोराही १५ निवासी १७ बर्षिया प्रदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दामोदर चोक हुदै तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका जिसीको उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । सोहि दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । घोराही उप–महानगरपालिका वडा नं. १५ थारुगल्ली निवासी १६ बर्षीय सन्तोष चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ भने मृतक जिसीको शबलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।
मोटर साइकललाई ठक्कर दिने बस र बसका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित