तुलसीपुर–१७, वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमाले बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए।

चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो।

महाराजगञ्जसिथत त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको वलीले बताए। उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकले परिवारजनलाई जानकारी दिएका छन्।

५४ वर्षीय चौधरी २०७४ सालको स्थानीय चुनावमा वडा सदस्य निर्वाचित भएका थिए। यस पटक वडाध्यक्षका उम्मेदवार बनेका उनको राम्रो पकड रहेको थियो।

उनको फोक्सोमा पानी जमेको पाइएको परिवारजनले जनाएका छन्। उनको शव काठमाडौंबाट दाङ ल्याउन लागिएको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित