महोत्सवका लागि एकसय एक सदस्यीय स्वयंसेवक समिति गठन


घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ लाई भब्य रुपमा सम्पन्न गर्नका लागि युवा परिचालन समितिका संयोजक अशोक चौधरीको अध्यक्षतामा एकसय एक सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा भिम चौधरी, दुर्गा चौधरी, हिमलाल चौधरी, विकास चौधरी र सुशिला चौधरी रहेकाछन् ।

यसैगरि महोत्सव स्वयंसेवक परिचालनका लागि ७ वटा मोवाइल टोली गठन गरेका छ । यहि पौष २५ गते देखि २८ गतेसम्म हुने माघ साँस्कृतिक महोत्सव अवधिसम्म युवाहरु भोलिन्टिएरको रुपमा परिचालन हुनेछन् ।


यसैविच स्वंयसेवकहरु भूमिका र लिडरसिपको विषयमा एकदिने अभिमुखिकरण गरिएको छ । अभिुखिकरणमा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरी, आर्थिक समितिका संयोजक केवि चौधरी, प्रचारप्रसार समितिका संयोजक सन्तोष दहित, युवा परिचालन समितिका संयोजक अशोक चौधरी, योगा गुरु रविन्द्र बस्नेत लगायतले प्रशिक्षण दिएकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित