थाकस दाङको जिल्ला अधिवेशन फागुनमा, सभाद्धारा प्राध्यापकद्धय जर्मन र कुलविर सम्मानित

थारु कल्याणकारिणी सभा दाङले आगामी फागुनमा जिल्ला अधिवेशन गर्ने जनाएको छ ।

जिल्ला सभापति भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय कोषाध्यक्ष चुर्णवहादुर चौधरीको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बसेको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी मंसिरसम्म जिल्लाका वडा समिति, माघसम्म पालिका र क्षेत्रीय समिति गठन गरिसक्ने निर्णय गरेको छ । यसैगरि बैठकले यही भदौ ७ गते घोराही १७ मा निर्माण गरेको नवनिर्मित भवनको बिहान उद्घाटन गर्ने र दिउँसो टिकापुर घटनाको विषयमा केन्द्रित जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले प्रदेश सरकारवाट विनियोजित ७० लाख रकमवाट घोराही उपमहानगरपालिका वडा नं. ८ सौरीमा मटावाँ सभा भवन बनाउनका लागि सभाका अध्यक्ष भुवन चौधरीको संयोजकत्वमा उपाध्यक्ष रामपति चौधरी, सचिव प्रकाश चौधरी र सदस्यहरु दिपक चौधरी, सविता चौधरी , बसन्ती चौधरी र श्रीराम दहित रहेको ७ सदस्यीय समन्वय समिति गठन गरेको छ ।
यसैगरि बैठकले श्रीकृष्ण जन्माष्टमी (अस्टिमकी) पर्वको शुभकामना आदान प्रदान कार्यक्रम देउखुरीमा भदौ १२ गते सम्पन्न गर्नको लागि उपाध्यक्ष रामपति चौधरीलाई जिम्मेवारी दिएको बैठक पछि सभाका सचिव प्रकाश चौधरीले जानकारी दिए ।

थाकसद्धारा प्राध्यायपकद्धय जर्मन र कुलविर सम्मानित
यसैगरि वैठकमा विश्व विद्यालय वेलझुण्डिको निर्देशकमा हालै नियुक्त हुनुभएका डा. जर्मन चौधरी र महेन्द्र बहुमुखि क्याम्पस दाङको क्याम्पस सहयाक प्रमुखमा नियुक्त हुनुभएका कुलविर चौधरीलाई सम्मान गरिएकोथियो ।

सोहि क्रममा बोल्ने बक्ताहरुले थारु समुदायको अधिकारलाई स्थापित गर्नका लागि सवै थारु एकतावद्ध भएर लाग्नुपर्ने कुरामा जोड दिएकाथिए । थारु समुदायको भाषा, कला, संस्कृतिको विकास संगै थारु समुदायको साँस्कृतिक, सामाजिक र राजनीतिक अधिकारको लागि अझ लड्नुपर्ने भएकोले त्यसको लागि सवै थारु एक हुनुपर्ने बताएकाथिए । कार्यक्रममा विश्व विद्यलाय वेलझुण्डिका निर्देशक डा. जर्मन चौधरी, महेन्द्र बहुमुखि क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुख कुलविर चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु कल्याणकारिणी सभाका केन्द्रीय पाषर्द तेजबहादुर चौधरी लगायतले बोलेकाथिए । वैठकको सहजीकरण सभाका सचिव प्रकाश चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित