शुल्क लिदै सामुदायिक विद्यालय

दंगीशरण, २८ माघ । वाल क्लव अध्यक्ष खिम बहादुर वस्नेतले विद्मालयले विभिन्न विषय बनाई शुल्क लिईरहेको बताए । अभिभावक सहयोग स्वरुप शुल्क, विद्मालयमा आवश्यक स्रोत जुटाउन, फारम स्वरुप शुल्क, लिईरहेकोले अति विपन्न वर्गका बिद्मार्थीहरुलाई समस्या परेको उनले बताए । विद्मालयमा घोकन्ते भन्दा पनि ब्यवहारीक शिक्षा दिन सक्नुपर्ने उनले तर्क गरे । स्थानीय तहको हक अधिकार प्रयोमा ल्याउन जनप्रतिनिधीहरु बाक्लो रुपमा अनुगमन गर्नुपर्ने, शिक्षक दरवन्दि मिलान गर्नुपर्ने, अपाङ्गमैत्री र वालमैत्री कक्षाको ब्यवस्था हुनुपर्ने वताए । यस्तै अभिभावक शुसीला चौधरी र अनीता चौधरीले विधालयले खाजा कार्यक्रम, निशुल्क ड्रेसको व्यवस्था गरेपनि पढाई निशुल्क नगरेको बताए । परीक्षा फिसको नाममा आफुले पैसा बुझाउँदै आएको बताईन ।
जनकल्याण मा.वि. शिवसुन्दरपुरका शिक्षक निम बहादुर के।सीले शिक्षक र विद्मालयलाई मात्र दोसी नदेखाएर यस विषयमा कानुनी प्रावधान ल्याउँनुपर्ने बताए । १२ कक्षासम्म निशुल्क भनीरहेको राज्यले आफै शुल्क लिईरहेको ठोकुवा गरे । अव संघ, प्रदेश र स्थानीयले यस विषयमा तोकेर प्रक्रिया अघि बढाउनुपर्ने बताए । बाकि बेटारपुरका शिक्षक डमवर बहादुर वस्नेतले दरवन्दिमा शिक्षकको व्यवस्था गरे यो समस्या समाधान हुने बताए । गाउँपालिकाका प्रशासन प्रमुख यादव डाँगीले कानुनले निशुल्क भनेपनि कुनै पनि बहानामा शुल्क लिन नहुने बताए । शान्तीनगर गाउँपालिका वडा न. २ का अध्यक्ष फर्साराम डांगीले गाउँपालिकाले शिक्षा नियमावली बनाउँनुपर्ने आवश्यक रहेको बताए । लाईसेन्स विना नै शिक्षक राख्नाले यस्तो खालको मिीया आएको उनले बताए । अव वडाले पनि यस विषयमा चिन्तीत हुनुपर्ने उनको भनाई थियो ।
वडा न. ४ का अध्यक्ष घन बहादुर के.सी. ले दरवन्दी र वजेटको अभावका कारण विद्यालयको समस्या उस्ता उस्तै रहेको बताए । समाजमा वातावरणिय शिक्षाको विकाश सिडको आयोजना एंव जुरी नेपालको सहयोगमा दंगीशरण गाउँपालिका चखौरामा भएको अनीवाय तथा नि ः शुल्क शिक्षा कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । शान्तीनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर वि।क ले निजी स्रोतमा शिक्षक धेरै राखेकाले , पूर्ण रुपमा कार्यान्वयन गर्न वजेटको समस्या परेको बताए । उनले भने –“सामुदायीक विधालयमा नि।शुल्क र गुणस्तर शिक्षा हुनुपर्छ यसका लागि सामाजीक सरोकारवालाहरु संग समन्वय गरेर निती नियम बनाउँनुपर्छ र भुगोल हेरेर निती नियम बनाउँदा सामुदायीक बिधालयमा ब्यवहारीक शिक्षा हुनेथियो ।” कार्यक्रममा प्रमुख अतीथी दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्राविमा ५०, निमावी मा १३, मा।वि। मा ११ जना शिक्षक दरवन्दिमा रहेको जानकारी दिए । शिक्षाको गुणस्तरलाई माथी ल्याउँनका लागि अवको कार्यक्रम शिक्षामुखी हुने बताए । भनसुनको हाधारमा शिक्षक नराखेको र विधालयको शैक्षीक अवीथालाई थप सुधार्नका लागि यो वर्ष बिधालय पर्खालमुक्त गर्नका लागि काम अगाडि बढेको बताए । जसका लागि ८२ लाख वजेट छुट्याएको छ अध्यक्ष चौधरीले भने । यस्तै दंगीशरण गाउँपालिकाले कुल ३६ करोड वजेटको ७ करोड ३३ लाख वजेट शिक्षाको क्षेत्रमा विनीयोजन गरेको छ । जसमा २० प्रतिशत हुन आउँछ भने शान्तीनगर गाउापालिकाले ३६ करोड ४३ लाख वजेट मध्ये १ करोड ४६ लाख वजेट शिक्षाको क्षेत्रका लागि छुट्याएको छ । जसमा ४ प्रतिशत हुन आउँछ । समाजमा वातावरणिय शिक्षाको विकाश सिडको तथ्यांक अनुशार दंगीशरणमा १ वटा र शान्तीनगरको २ वटा विधालयमा कुनै पनि शुल्क नलीएको पाईएको छ । दंगीशरणको प्रा।वि कौवाद्दारी र शान्तीनगरको आधारभुत विधाmय काशिपुर र प्राथमिक विधालय काशिपुर मात्र रहेको समाजमा वातावरणिय शिक्षाको विकाशका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए । कार्यक्रममा विमला विश्वकर्माले शिक्षाका नितीगत ब्यवस्था, नेपालको सविधान २०७२ र शिक्षा सम्बन्धि मौलिक हक , शिक्षा एैन २०२८, निधी विधालयले धेरै सुन्न लिन नपाउाने गाउँपालिका र नगरपािलकाको काम कर्तव्य लगाएतका विषयमा जानकारी गराईएको थियो । सिड सस्ंथाका कार्यकारी निर्देशक भागिराम चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण समाजमा वातावरणिय शिक्षाको विकाशका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए । कार्यक्रमको उद्धेश्य माथी जुरी नेपालका अधिबक्ता विष्णु पोख्रेलले गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित