महेन्द्र बहुमुखी क्याम्पसमा थारु विद्यार्थी समाज गठन

कल्पना चौधरी

महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा विहिबार थारु विद्यार्थी समाजको इकाई कमिटि गठन गरिएको छ ।

श्रीया चौधरीको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा तिला चौधरी, सचिवमा सन्दिप चौधरी, कोषाध्यक्षमा सविता चौधरी, सहसचिवमा सरिष्मा चौधरी रहेकाछन् ।

 

त्यस्तै सदस्यहरुमा तारा चौधरी, अनुशा चौधरी, अस्मिता चौधरी, अपना चौधरी, झरना चौधरी, अंकिता चौधरी, सर्मिला चौधरी, लिला चौधरी, सुमित चौधरी रहेका थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरीले जानकारी दिए ।

छरिएर रहेका थारु विद्यार्थीलाई एकिकृत गर्ने र थारु विद्यार्थीहरुको शैक्षिक हक अधिकारका लागि संगठित गर्ने उद्देश्यले थारु विद्यार्थी समाजको ईकाई कमिटि गठन गरिएको अध्यक्ष चौधरीले बताए ।

थारु विद्यार्थी समाजका दाङका अध्यक्ष मानविर चौधरीको अध्यक्षतामा भएको इकाई कमिटि गठन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु विद्यार्थीहरुको शैक्षिक हक अधिकारका लागि सम्पुर्ण थारु विद्यार्थीहरु संगठित हुनुपर्ने बताएका थिए ।

विगत देखि नै थारु विद्यार्थीहरु शिक्षा क्षेत्रमा विभिन्न खालका समस्याहरु भोग्दै आईरहेकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको बताए । कार्यक्रममा समाजको पुर्व सचिव नविन चौधरी, पत्रकार कल्पना चौधरी लगायतले बोलेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित