डेंगु नियन्त्रणको लागि घोराहीमा बिषादी छर्किन सुरु

घोराही, ६ असोज । घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्यन्त्रण गर्नका लागि लामखुट्टे मार्नलाई बिषादी औषधी छर्किन सुरु गरेको छ ।

केहिदिन यता देशभर लामखुट्टेकै कारणले डेंगु संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर घोराहीमा लामखुट्टे मार्नकालाई विषादी औषधी छर्कन सुरु गरिएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तीले जानकारी दिए । उनका अनुसार आईतबार देखी घोराहीमा लामखुट्टेको बास स्थान खोज्दै बिषादी औषधी छर्कने काम सुरु गरिएको हो ।
‘डेगु, मलरिया लगायत रोगलाई नियन्त्रण गर्नका लागि लामखुट्टे खोज, अनि मार भन्ने अभियान चलाएको छौ, उनले भने, -हामी त्यहि अन्तर्गत लामखुट्टेका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेका हौं।’ पहिलो चरणमा ५ लाखको विषादी खरिद गरेर घर भित्र र बाहिर विषादी छर्कने संगै लामखुट्टेको बास स्थान खोज्दै बिषादी छर्कने काम गरिरहेको छ । जिल्लामाअहिले सम्म एक सय ४ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित