दंगीशरण गापामा अत्यावश्यक सेवा बाहेकका सबै बन्द


दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाले विश्वभरी फैलदै आएको कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाबाट दिईने सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालीबाट सेवा दिईरहदा मानिसको भिडभाड हुने भन्दै सबै शाखाबाट दिईने सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले गाउँपालिकाबाट बाट दिईने सेवा बन्द गरि गाउँपालिकाका नागरिकलाई सचेतना प्रदान गर्न प्रचारप्रसारमा लाग्नुपर्ने बताए ।
साथै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाले आवश्यक पूर्व तयारी र व्यवस्थापनका लागि सचेतना प्रदान गर्ने, स्वास्थ्यकर्मीहरु आफै जोखीममा हुने भएकाले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउँने र दंगीशरण गाउँपालिका भित्र कोरोनाको संक्रमणबाट बच्न सक्ने उपाए सम्बन्धि माईकिङ्ग मार्फत प्रचारप्रसार गर्ने जनाएको छ । यस्तै गाउँपालिका भित्र रहेको स्वास्थ्य सस्ंथामा आईपुगेकाहरुलाई स्वास्थ्य जाचँ गर्दै आएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जनाएका छन् ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित