
दंगीशरण २९, मंसिर । दंगीशरण गाउँपालिका नदिपारीका स्थानियहरु गाउँँमै स्वास्थ्य चौकि पाउँदा हर्सीत भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाका स्थानीयहरु अव भने घर नजिक स्वास्थ्य सेवा पाउँने भएका छन् । नदि पार गरेर हेकुली आउँनुपर्ने र बजारसम्म धाउँनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएपछि बच्चा देखि बृद्धसम्मलाई सहज हुने भएको छ ।

दंगीशरण गाउँपालिका वडा न. २ गोल्टाकुरी हिजोका दिनमा नदि पारी पहाडको फेदमा रहेको एउटा सानो गाउँको रुपमा परिचित गाउँ हो । जहाँका नागरीक स्वास्थ्य सेवाबाट धेरै नै पछाडि थिए । ‘नदि र खोला तरेर स्वास्थ्य जाचँ गराउँन आउँनुपर्ने बाध्यता अव भने टरेको छ, निमकुमारी खत्रीले भनिन् – “अव औषधि गर्ने भवन बन्यो धेरै राम्रो भयो । गोलटाकुरीमा स्वयमसेविका भएर ३० बर्ष काम गरे धेरै नाजुक थियो अव धेरै सजिलो हुने भो ।” यसैगरि गोल्टाकुरीमा स्वास्थ्य चौकि छ भन्ने मात्र थियो, अव नया भवन बन्यो सफा सुग्घरमा विरामी चेकजाचँ गराउँन पाउँने भए, चन्द्रकुमारी चौधरीले भनिन्, ।

गोल्टाकुरीको पुरानो हलबाट सेवा प्रभावकारी नभएपछि सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय दाङबाट गोल्टाकुरी स्वास्थ्य चौकी भवन निर्माण कार्य दाङ मार्फत बोलपत्र प्रकृयाबाट निर्माण कार्य खरीद गरीएको थियो । २०७४ अशोजमा नीर्माण ब्यवसायी श्री जुद्ध एण्ड पूर्ण निर्माण सेवा तुलसीपुर दाङ संग सम्झौता गरिएको भवन यहि अशोजमा निर्माण कार्य सम्पन्न भएको हो । दुई तले आर सि.सि. फे्रम्ड स्ट्रक्चर भएको भवनको भुईतलामा ८ र पहिलो तलामा ६ गरी ट्वाईलेट, बाथरुम, ईलेक्ट्रिकल र स्यानिटरी सहितको १४ वटा कोठा रहेका छन् । कम्पाउण्ड सहितको भवन केन्द्र सरकारको १ करोड ७७ लाखमा निर्माण भएको डिभीजन ईन्जीनीयर महेश बहादुर सिहंले बताए ।
अध्यक्ष चौधरी द्धारा नयाँ भवनको उद्घाटन

यसैबिच दंगीशरण गाँपालिका वडा नं. २ मा हालै निर्माण गरिएको स्वाथ्य चौकिको नयाँ भवनको एक कार्यक्रम गरेर उद्घाटन गरिएको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले रिवन काटेर भवनको उद्धघाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले यस भवन बाट ल्याव सेवाको समेत सुविधा दिने बताए । गोल्टाकुरीका जनताले अव आफनै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउँने छन् । गाउँपालिकाले जनताका समस्या लाई मध्यनजर गर्दै विकाश निर्माणको कामलाई गति दिएको बताउदै अध्यक्ष चौधरीलेे गोलटाकुरिबासिको समस्या खानेपानीको समस्यालाई पनि छिटै समाधान गरिनेे बताए ।स्वास्थ्य चौकिमा भौतिक सामग्रीको अभाव नहुने भन्दै अव छिट्टै स्वास्थ्य उपचारका सामग्री संगै सेवा सेवा प्रदान गरिने समेत प्रतिबद्धता व्यक्त गरेकाथिए ।

सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले स्वास्थ्य चौकिमा पिउने पानीको ब्यवस्था छिटै गरिने बताईन् । विरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै पानी र बत्तीको ब्यवस्थापन हुनुपर्ने आवश्यक रहेको बताईन् । वडा अध्यक्ष तुलसीराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण स्वास्थ्य चौकि गोल्टाकुरीका हेल्थ असिस्टेन्ट प्रदिप योगीले गरेका थिए ।
