नारायणपुरमा सिकलसेल एनिमिया शिविर संचालन हुने

घोराही उपमहानगरपालिका १० नारायणपुरमा सिकलसेल एनियिमा सम्बन्धि शिविर संचालन हुने भएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजनामा सिकलसेल सम्वन्धि शिविर हुने भएपछि घोराही १० का स्थानिय समुदायले सिकलसेल एनिमियाको रक्त प्ररिक्षण गर्ने सेवा पाउने भएका हुन् ।

ग्रामीण महिला उत्थान केन्द्र र अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौको साझोदारीमा आगामी असार २ गते संचालन हुने शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्धन शाखा, घोराही उपमहानगरपालिका १० को वडा कार्यालय र घोराही १० को स्वास्थ्य चौकीको समन्वयमा एक दिने शिविर संचालन गरिने भएको छ ।

सिकलसेल एनिमिया शिविर सञ्चालन पुर्व सरोकारवाला निकायहरुसंग भएको समन्वयात्मक वैठकमा सिकलसेल एनिमिया रोगलाई न्यूनिकरण गर्नका लागि शिविर आयोजना गर्न लागिएको ग्रामिण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आसमानी चौधरीले बताइन् । बैठकमा शिविर सञ्चालन हुनु अधि स्वंयसेविका र स्थानीय टोल अध्यक्ष, अगुवा, मटावा, धामी झाक्री र गुर्वाहरुलाई सिकलसेल सम्बन्धि अभिमुखिकरण गर्ने कार्यक्रम रहेको जानकारी दिइन । त्यस्तै सिकलसेल एनिमिया परिक्षण पश्चात पहिचान भएका सिकलसेल विरामीहरुलाई विशेष परामर्शदाताहरु मार्फत परामर्श लगायत अन्य कार्यक्रम संचालन गर्ने संस्थाको योजना रहेको उनले बताइन् ।

समन्वयात्मक वैठकलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सिकलसेल एनिमिया रोगलाई न्यूनिकरण गर्नका लागि सबै समुदायका प्रत्येक व्यक्तिले स्वास्थ्य परिक्षण गर्नुपर्ने जरुरी रहेको बताए । सिकलसेल विरामीलाई एक लाख सम्मको निशुल्क उपचारको लागि सरकारले सहयोग गर्दै आएको भएतापनि सिकलसेल रोगका विरामीलाई नियमित ब्लडको आवश्यक्ता पर्ने भएकोले घोराही उपमहानगरपालिकाले निशुल्क ब्लड सहयोग गर्दै आएको बताउदै आगामी दिनमा संघसंस्थाहरुसंग समन्वय गरेर सिकलसेल रोगबारे थप सेवा उपलब्ध गर्ने चौधरीले प्रतिवद्धता व्यक्त गरे । यस्तै जिल्ला स्वास्थ्य कार्यालाय दाङका ल्याव टेक्निसियन उज्वल पौडेलले थारु समुदायलाई मात्र देखिने सिकलसेल एनिमिया रोग पछिल्लो समयमा अधिकारी, योगी र मगर समुदायका व्यक्तिलाइ पनि देखिएकोले सबै समुदायले सिकलसेल एनिमियाको परिक्षण गर्नु जरुरी रहेको बताए ।

ग्रामिण महिला उत्थान केन्द्रको अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरु संगको समन्वयात्मक बैठक बेसको हो । वैठकमा घोराही उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेय, जिल्ला स्वास्थ्य कार्यालाय दाङका ल्याव टेक्निसियन उज्वल पौडेल, घोराही उपमहानगरको जनस्वास्थय प्रवद्धन शाखाको प्रमुख नारायण घर्ती, नारायणपुर स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराज आचार्य, राप्ती गाउँपालिका स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट रामेश चौधरी, थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी लगायतको उपस्थिति रहेकोथियो ।

ग्रामिण महिला उत्थान केन्द्रका शिवा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सूचना अधिकृत पार्वती बस्नेतले गरेकीथिइन् ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित