दंगीशरणमा युवाहरुद्धारा रक्तदान


दिप्तीशिखा चौधरी

दंगीशरण, २६ साउन । “शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवद्धन” भन्ने मुल नाराका साथ २० औँ अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा दंगीशरण गाउँपालिकामा युवाहरुद्धारा रक्तदान गरिएको छ । “रक्तदान नै जिवनदान हो ” भन्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकामा आईतबार रक्तदान गरिएको हो । सो अवसरमा २० जनाले रक्तदान गरेका थिए ।


नमुना युवा सांसद प्रतीपक्ष दलका खुसीराम चौधरीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नमुना युवा सांसदका युवाहरु, दंगीशरण गाउँपालिकाका कर्मचारीहरु, विरेन्द्र मा.वी. हेकुलीका शिक्षक र विद्यार्थीहरु, एन आईसी बैँक दंगीशरणका कर्मचारी, ने.वि.संघ तुलसीपुर नगर कमीटिका युवाहरु, यूवासंघका पदाधिकारी, पत्रकार लगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवा घोराहिका प्रमुख दिलीप न्यौपानेको संयोजनमा आएका कर्मचारीहरुले सहयोग गरेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै सांसद धमकली चौधरीले नमुना यूवा सांसदको यो कार्यक्रमले दंगीशरणमा नयाँ कार्य थालनी भएको बताईन् । रक्तदान कार्यक्रम दंगीशरणमा हुनु भनेको उत्कृष्ट काम गरेको बताईन् । उनले भनीन् – “दंगीशरणमा यो रक्तदान कार्यक्रम पहिलो पटक हो , यसले गर्दा पनि नमुना यूवा सांसदले उदाहरणीय काम हो यस कार्यबाट पनि अरुले पाठ सिक्नुपर्छ । ” सांसद चौधरीले नमुना युवा सांसदले गरेको उदाहरणिय कार्यप्रति खुसी ब्यक्त गरिन । नमुना युवा सांसद नेपाल दंगीशरण गाउँपालिकाको आयोजना एवं दंगीशरण गाउँपालिकाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित