केन्द्रिय अधिवेशनका लागि थारू पत्रकार संघ दाङले प्रतिनिधिको टुंगो लगायो

तस्वीर फाइल

भदौ १४।
थारू पत्रकार संघ दाङले केन्द्रिय अधिवेशनका लागि दाङबाट सहभागी हुने प्रतिनिधीहरुको टुगों लगाएको छ ।

भदौ २१ र २२ गते चितवनको सौराहामा हुन लागेको थापस नेपालको आठौं साधारण सभा तथा चौथो केन्द्रिय अधिवेशनका लागि आज घोराहीमा बसेको थापस दाङको नवगठित समितिको पहिलो बैठकले ८ जना प्रतिनिधीको टुगों लगाएको हो ।

बैठकले भर्खरै सम्पन्न भएको आफ्नो चौथो जिल्ला अधिवेशनमा सहयोग गर्नु हुर्ने विभिन्न संघसंस्था, बुद्घिजिवी, पत्रकार लगाएत सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
बैठकले थारू समुदायको दास्रो ठूलो पर्व अट्वारीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बैठकले केन्द्रिय अधिवेशनलाई भब्य एवं सभ्य बनाउनका लागि घोराही क्षेत्रमा अध्यक्ष नविन चौधरी, तुलसीपुर क्षेत्रमा सचिव निता चौधरी र लमही क्षेत्रमा उपाध्यक्ष शिवहरि चौधरीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ।

यस्तै थापस दाङको सल्लाहकारमा केबि चौधरी, छविलाल कोपिला, सविन प्रियासन, सन्तोष दहितलाई सल्लाहकार र कानुनी सल्लाहकारमा रामशरण चौधरीलाई छनोट गर्ने बैठकले निर्णय गरेको छ । 
थारू समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् नेतृत्व विकासका लागि खोज पत्रकारिता तालिम सञ्चालन गर्न नगर तथा गाउँपालिकामा प्रस्तावना पेश गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
थारू पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरीको अध्यक्षतामा बसेको  थियो। 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित