साँस्कृतिक विकासले मात्र देशको समृद्धि : सचेतक चौधरी

वाँके, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले साँस्कृतिक विकासले मात्र देशको समृद्धि हुने बताएकिछिन । शनिवार बैजनाथ गाउँपालिकामा नेपाल आदिवसी जनजाति महासंघ बाँकेद्धारा आयोजित माघी मिलन कार्यक्रमलाई उद्घाटन गर्दै यस्तो कुरा बताएकिहुन ।


नेपाल साँस्कृतिक विविधताको देश भएकोले यहाँका विभिन्न जातजातिहरुको मौलिक कला संस्कृतिको प्रवद्र्धन संगै यी विविधताको विकासकोलागि नेपाल सरकार लागि परेको उनले बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकि चौधरीले नेपाल सरकारले अहिले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भिक्र्याउने लक्ष्य साथ आगडि बढिरहेकोले यसलाई सफल बनाउनमा यस्तै साँस्कृतिक कार्यक्रमले पनि थप सहयोग पुग्ने भएकोले सबै समुदायका कला संस्कृतिको विकासमा टेवा पनि पुग्ने र पर्यटकहरुलाई आकर्षण गर्नेमा सहज हुने उनको भनाइ थियो ।


यसैगरि चौधरीले थारु समुदायले माघ पर्वलाई खानपीनलाई मात्र केन्द्रीत नगरिकन सामााजिक जागरणसंगै आम समुदायमा थारु समुदायले माघ पर्वबाट नया सन्देश दिनसक्नु पर्ने बताइन्, । थारु समुदाय साँस्कृतिक हिसावले अगाडि भएपनि आर्थिक, समाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा अझैपनि पछाडि रहेकोले यो क्षेत्रमा पनि अगाडि आउन जरुरी रहेको उनले बताइन्, ।


नेकपाकी प्रभावबाशली नेतृ समेत रहेकी चौधरीले भनिन्, -‘हामी थारुहरु खेत खन्ने, हलो जोत्ने, भारी बोक्ने जस्ता कामकालागि परिश्रम गर्नेमा कुनै कन्जुसाई गर्दिनौ तर, पढ्ने, लेख्नेमा जाँगर गर्दिनौ अर्थात बौद्धिकतका लागि परिश्रम नगरेको कारणले अरु समुदाय भन्दा पछाडि छौं तसर्थ अब हामीले यहि माघीबाट गाउँ गाउँमा पढ्न, लेख्नका लागि शैक्षिक जागरण चलाऔं र माघी पर्बबाट सवैलाई यहि सकारात्क सन्देश दिऊँ ।’


आदवासी जनजाति महासंघ वाँकेका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौ मगर, थारु मघौटा, लठ्वा, छोक्रा नाच समेत प्रस्तुति गरिएकोथियो । यसैगरि पत्रकारितकाको माध्यमबाट थारु भाषा, कला, संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकारद्धय विमला चौधरी र सोमडेमनडौरा लगायतलाई सम्मान गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित