मुहार फेर्दै कोइलावास बजार

दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार ।

साविक राप्ती अञ्चलको दाङ, रोल्पा, सल्यान रुकुम, प्यूठानका अधिकांस नागरिकहरुले त्यसबेला कोइलावास बजारको भर पर्थे । नुन, तेल, लत्ताकपडा किन्ने मात्र हैन कोइलावास नाका हुदै कालापहाड जाने नाका पनि त्यहिथियो । यहि नाकाबाट भारतका मुख्य शहर लखनऊ, पन्जाब, मुम्बै दिल्लीसम्म जानेआउने गर्थे । तर, पूर्वपश्चिम राजमार्ग बनेपछि कोइलावास नाका ओझेलमा पर्न थाल्यो । गोरेटो बाटो भएको कारणले पैडल यात्रा गर्नुभन्दा गाडीमा नेपालगंज बजारहुदै जमुनाह नाकासम्म पुग्न सजिलो हुनेभएकोले कोइलावास नाका छाडेर जमुनाह नाकामा गएर नुनतेल, लत्ताकपडा किन्ने मात्रनभएर त्यहाँदेखि भारत जानआउन सजिलो हुन भएपछि सवैले जमुनाह नाकाबाट जान र आउन थाले ।

जसको कारण कोइलाबास बजार सुक्न थाल्यो । त्यसबेला जिल्ला विद्युत कार्यालय, हुलाक कार्यालय, भन्सार कार्यालय लगायत अधिकांस सरकारी कार्यालय त्यहि थियो । पछि सरकारले कोइलावास नाका बन्द गर्ने निणर्य गरेपछि ती कार्यालयहरु सदरमुकाम घोराही लगायत विभिन्न ठाउँमा सरेसंगै विस्तारै कोइलावास बजार खण्डहर बन्न पुगेकोथियो । तर, पछिल्लो समय कोइलावासको मुहार फेरिदै छ । त्यसबेलाको गोरेटोबाटो अहिले लमहिदेखि कोइलाबास बजारसम्म मात्र नभई भारत सिमानासम्म कालेपत्रे भएको छ । जसको कारण अहिले कोइलाबास बजार हेर्न जानेहरुको घुइचो लाग्छ । दिनहुजसो जिल्लाका मात्र नभइ रोल्पा, सल्यान, प्यूठान देखि छिमेकी जिल्ला बाँकेसम्मका नागरिकहरु कोइलावास बजार हेर्न आउने गरेको स्थानीयहरु बताउछन् ।

पछिल्लो समय लुम्विनी प्रदेशको राजधानी दाङकै राप्ती गाउँपालिका र गढवा गाउँपालिकासंग जोडिएको भालुवाङमा राजधानी तोकिएपछि कोइलावास नाका फेरी चर्चामा चूलिएको छ । गढवा गाउँपालिका वडा नं. ८ स्थितमा पर्ने कोइलवास बजार राजधानी तोकिएका सिमाना क्षेत्रदेखि करिब ४८ कि.मि.दुरीमा पर्ने कोइलावास नाका फेरी विकास हुनेमा सवैले अनुमान गर्नथालेकाछन् । त्यसको उदाहरण हो, पछिल्लो विकास त्यस क्षेत्रको बाटोमा कालोपत्रे, शैक्षिक संस्थाको भौतिक विकास, स्वास्थ्यमा सुधार ।

यो विकाससंगै पछिल्लो समयमा त्यसक्षेत्रका नागरिकहरुलाई खानेपानी सहज होस् भनेर प्रदेश सरकारले ५५ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए । वडा कार्यालको ३५ लाख बजेटमा डिपबोरिङ र धारा वितरणमा बजेट अभाव हुनथालेपछि आफ्नै पहलमा प्रदेश सरकारले ५५ लाख बजेट विनियोजन गरेको बताए । अबको केहिदिनमा कोइलावासका नागरिकहरुले आ—आफ्नै घरघरमा धाराको पानी खानपाउने वडा अध्यक्ष सिद्धिकीले बताए । त्यसैगरि यसक्षेत्रका पर्यटकी विकासका लागि गढवागाउँपालिकाले गुरुयोजना बनाइरहेको उनले जानकारी दिए । पर्यटकीय र धार्मिक स्थलको रुपमा पनि चिनिएका कोइलावास त्यहिअनुसारको विकासको लागि आफूहरुले लागिपरेको बताए ।

‘अब पालिकाभित्र राजधानी तोकिएसंगै यस कोइलावासको नाका पनि विस्तारै खुल्ने आफु विश्वस्त रहेको वडा अध्यक्ष सिद्धिकी बताए । यस क्षेत्रको विकासको लागि पनि कोइलावास नाका सुचारु ग्रिनुपर्छ उनले भने—‘कोइलाबासको संम्वृद्धि हुनु भनेको लुम्बिनी संम्वृद्धि हुनु हो ।’

‘सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आम समस्याबाट गुज्रिएको यो ठाउँको पछिल्लो समयमा धेरै विकास भएको छ, तर जति हुनुपर्ने हो त्यति हुनसकेको छैन यदपी विस्तारै यसको मुहार फेरिदैछ वडा अध्यक्ष सिद्धिकीले भने, त्यसबेला खण्डहरबन्न थालेको कोइलावास अहिले तीनवर्षको अन्तरालमा यसको धेरै मुहार फेरिएको छ ।’

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित