अस्टिम्कीमा सरकारले दियो सार्वजनिक विदा

घोराही, १० भदौं ।
संघीय सरकारले अस्टिम्की पर्व (श्रीकृष्ण जन्माष्टमी) को दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फनिन्द्रमणि पोख्रेलले एकसूचना जारी गरेर नेपाल सरकारको मन्त्रिपरिषदको भदौं ३ गतेको निर्णयअनुसार मुलुकभर नै लागु हुने गरि विदा दिइएको जानकारी दिएका छन् । यसवर्षको अस्टिम्की पर्व भदौं १४ गते अर्थात आउँदो सोमवारको दिन परेको छ । पश्चिम नेपालका थारु महिलाले विशेष गरि यो पर्व धुमधामका साथ मनाउदै आएकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित