किसानहरुलाई कुलो लाग्ने समस्याबाट मुक्ति, धमाधम पक्की नाली निर्माण

दंगीशरण, ६ चैत्र
दंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन आउँला जस्तो लागेको थिएन नाल्टुलाई । जुन गाउँ जाँदापनि पक्की नाली बनेको देख्छु भोट दिएर नेतालाई जिताएको आज दुई बर्ष पुग्यो । सबै पक्की बन्दैछन्, चौधरी फिस्स हाँस्दै भने ।
दंगीशरण ५ कुमलगडिका सूर्यदास चौधरी ६१ बर्षका भए । १२ बर्षको उमेरदेखि नै उनी खेती किसानी भए । “बर्खा आउँने बित्तीकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्याे अब पक्की नाली बन्दैछ कुलो लाग्ने समस्याबाट मुक्ती पाइने भयो ” – चौधरीले भने । दंगीशरण–५ का सूर्यदास चौधरी ६१ बर्षका भए । उनी १२ बर्षको उमेरदेखि नै खेती किसानीमा लागे । “बर्खा लाग्ने वित्तीकै कुलो झार्न जान्थ्यौँ । गाउँ देखि टोलटोलमा कुलो लाग्नु पथ्र्यौ अहिले पनि कुलो लाग्न जानुपर्छ तर धेरै ठाउँमा पक्की कुलो बनेको छ । अली कम जानुपर्छ ।” –चौधरीले भने ।
दंगीशरण ४ मौलीका मित्रलाल रावल उमेरले ७५ बर्ष काटे गाउँपालीका नजिकै बनेको नाली हेर्दै हिडिरहेका थिए । “छोरा नातीहरुका दुखका दिन गए ।” ६० बर्ष अगाडिको दुख सम्झदै उनले भने । “हामी त फरुवा कुटो कोदालो हातले चलाएर काम ग¥यौँ फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ अहिले सबै बाटाहरु , कुलो नाली पक्की बन्दैछन् । सुखका दिन आउँदैछन् ।” रावलले भने ।
दंगीशरण–५ मिरौलीमा कुलो निर्माणमा हेकुलीका सिता चौधरी र रविता चौधरी काम गरिरेहका थिए । उनीहरु दैनीक ९ घण्टा काम गर्छन् । ठेकदारले ८ घण्टा काम गर्ने भनेपनि कुलो निर्माण छिट्टै सकिएला भनेर उनीहरु ९ घण्टा काम गरेको बताउँछन् । पक्की कुलो बनाउँने काम छिट्टै सकिएपछि बर्खा लाग्दा कुलो लाग्नु पर्दैन हामीलाई रविताले भनिन् ।
प्रदेशको १ करोड ६५ लाखमा कुलो निर्माण
दंगीशरण गाउँपालिका वडा न. ३ स्थित हेकुली गाउँलाई सिचाई सुबिधाका लागि पक्की कुलो निर्माण कार्य जारी छ । प्रदेश सरकारका १ करोड ६५ लाखको लागतमा पक्की कुलो निर्माण कार्य भईरहेको छ । ३ हजार ३३ सय मिटर लम्बाईको पक्की कुलो निर्माण पछि हेकुली गाउँका करीब डेढ सय घरधुरी सिचाई सुबिधा लिन सक्नेछन् । निर्माणाधिन पक्की कुलो ८० सेन्टिमिटर चौडाई र ६० मिटर अग्लो रहेको ठेकदार ईश्वर पुनले बताए । २०७६ माघमा जलजला निर्माण सेवा घोराहि दाङसंग २०७७ माघमा निर्माण गरीसक्नेगरी सम्झौता गरेपनि यहि अशाढ मसान्तमा निर्माण कार्य सकिने सिचाई डिभीजन कार्यालय तुल्सीपुरका प्रमुख गणेश मरासीनीले जानकारी दिए ।
दंगीशरणमा २०७४÷०७५ मा ५ वटा पक्की कुलो निर्माण भएका छन् भने २०७५÷०७६ मा १० वटा गरी जम्मा १५ वटा पक्की कुलो निर्माण भएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । यस आर्थीक बर्षमा पनि गाउँपालिकाका सबै वडाहरुमा पक्की कुलो बन्ने प्रक्रियामा रहेको अध्यक्ष चौधरीले बताए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित