नयाँ नक्सा संसदबाट सर्वसम्मतले पारित

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभामा उपस्थिति २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकमाथिको मतदान गरेकाथिए । साँसद सरिता गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि उनले ह्वीप उलंघन गरेकी हुन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित