समृद्धिको यात्रालाई गन्तव्यमा पुर्‍याउनका लागि सुर्यमा मतदानः सचेतक चौधरी

घोराही, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउनका लागि सुर्यमा मतदान गर्नुपर्ने बताएकिछिन् । शनिवार घोराही, १६ तेरौतेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरामा जोडदिएकि हुन् । लामो समयसम्म सत्ता चलाएर एउटा सिन्को समेत भाच्न नसकेको काँग्रेसले जनताहरुको माझमा आएर विभिन्न आश्वासन दिई भोट माग्न सक्छ भन्दै चौधरीले त्यस्तो झुठा आश्वासन दिने पार्टीबाट सचेत भई नेकपाका उम्मेदवारलाई जिताउनका लागि सुर्य चिन्हमा मतदान गर्न सवैलाई आग्रह गरिन् । नेकपाको सरकारले छोटो समयमा जनमुखि कामको थालनी गरिसकेको बताउदै चौधरीले अबको केहि बर्षमा जनताले सोचेको जस्तो परिणाम पाउने दाबी गरिन् । यो देशको सर्वहारा बर्गहरुको पक्षमा बोल्ने र मुलुकको भविष्य बनाउने नेकपाले मात्र गर्न सक्ने भएकोले पनि नेकपाका उम्मेदवारलाई विजयी बनाउन पर्ने कुरामा चौधरीले जोड गरिन्, ।


यसैगरिक घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराही उपमहनगरपालिकालाई देशको उत्कृष्ट र नुमना योग्य बनाउनमा आफुहरु लागि परेको बताए । समग्र घोराही उपमहानगरपालिको विकासको लागि विभिन्न योजनाहरु सम्पन्न भइरहेकाछन्, कतिपय योजनाहरु सुरुवाट भइरहेको जानकारी गराउदै चौधरीले घोराही, १६ वडाको समग्र विकासका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएकाथिए । घोराही १६ को समृद्धिका लागि स्वर्गिय वडा अध्यक्ष लक्षिनप्रसाद वुढाले लाग्दालाग्दै उहाँके दुखद निधनले धेरै काम अधुरा रहेकोले उहाँको सपना पुरा गर्नका लागि नेकपाको सरकारले मात्र गर्न सक्ने भएकोले नेकपाका उम्मेदवार सुरेशबहादुर केसी प्रतापलाई जिताउनुपर्ने बताएकाथिए ।
यसैगरि उम्मेदवार सुरेशबहादुर केसी प्रताप ले स्वर्गिय वडा अध्यक्ष लक्षिनप्रसाद वुढाको सपना पुरा गर्नका लागि र यस वडालाई नमुना बनाउनका लागि आफु प्रतिबद्ध रहेको बताएकाथिए । उनले घोराही १६ को समग्र विकासका लागि प्रदेश सरकार, संघिय सरकारसंग सहकार्य र समन्वय गरि घोराही उपमहनगरपालिकामा रहेका वडाहरुमध्ये उत्कृष्ट वडाको रुपमा विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकाथिए । कार्यक्रममा घोराही १६ का कार्यवहाक अध्यक्ष जगतप्रसाद श्रेष्ठ, वडा सदस्य मंगल चौधरी लगायतले बोलेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित