बर्दिया २ मा रेशमलालका बुवा लालबीर चौधरी विजयी

बर्दिया २ प्रतिनीधि सभा सदस्यमा स्वतन्त्र उम्मेदार लालबीर चौधरी विजयी भएका छन् ।

लालविरले आफ्नो निकटम प्रतिस्पर्धी नेकपा माओवादीका केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछाडि पार्दै विजयी भएका हुन ।

लालबीरले २६ हजार ५२० मत ल्याएकाथिए भने सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका पन्थ २६ हजार ३८४ मतमा रोकिएाथिए ।

त्यस्तै नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ९० मत ल्याएर तेस्रो स्थानमा आएकाथिए ।

बर्दिया २ मा निर्वाचित लालबीर चौधरी रेशमलाल चौधरीका बुवा हुन । रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएका लालबीर चौधरीलाई नागरिक उन्मुक्ती पार्टीले समर्थन गरेकाथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित