लकडाउन बैशाख १५ गतेसम्म

काठमाण्डौ, २ वैशाख । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १२ दिन थप गरेर वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

चैत ११ गतेदेखि जारी लकडाउन दोस्रो पटक सरकारले बैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकोथियो तर कोरोना संक्रमित विरामी बढिरहेकोले त्यसलाई रोकथाम गर्नका लागि फेरी लकडाउन अवधि बढाइएको हो । यसैगरि मन्त्रीपरिषदको बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित